सल्यानमा नृत्यको झाँकी



सल्यान, (नेस)। कला संस्कृतिलाई जगेर्ना गर्ने भन्दै कुमाख गाउँपालिका सल्यानले बृहत लोक झाँकी प्रदर्शनी गरेको छ।

पहिलोपटक गरिएको गाउँपालिकास्तरीय झाँकी प्रदर्शनीमा गाउँपालिकाका ७ वटै वडाका विभिन्न झाँकीको प्रदर्शन गरिएको थियो। सामना सांस्कृतिक अभियान नेपाल बागबजार काठमाडौंको आयोजना र कुमाख गाउँपालिका सल्यानको आर्थिक सहयोगमा बृहत् लोक झाँकी प्रर्दशनी गरिएको हो।

कार्यक्रममा २७ आमा समूहको प्रदर्शनी गरिएको थियो भने ७ झाँकी र विभिन्न पैसेरी, लहरे, सेरेङे, बन्गाडी टप्पालगायतका नाचको प्रदर्शन गरिएको थियो। कार्यक्रममा उत्कृष्ट कवितावाचन र झाँकीलाई पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्