अटो कप हुँदै



काठमाडौं, (नेस)

पछिल्ला वर्षमा सफलतापूर्वक सम्पन्न गरिसकेको ड्रिम्स् मर्चेन्ट नेपाल प्रालिले यस वर्ष पनि जेठ २३ गते द ग्रान्ड अटो कप आयोजना गर्ने भएको छ। पाँचौं संस्करणमा गत वर्षझैं विश्वको ख्यातिप्राप्त अटोमोबाइल्स् बान्डस्हरूका नेपालस्थित आधिकारीक विक्रेताहरूका कर्मचारीबीचमा प्रतिस्पर्धा हुनेछ। यसपटक सहभागी टोलीमा जिप, कोबेलका, ≈युन्डाई र फोर्ड समूह ‘ए’ मा रहेका छन्। त्यस्तै समूह ‘बी’ मा टीभीएस, हारले डेभिडसन, महिन्द्रा र निसानलाई राखिएको छ। गत वर्ष अशोक लेल्यान्डले ट्रफी हात पारेको थियो।

प्रतिक्रिया दिनुहोस्