थ्रीस्टार र न्युटन उपाधि नजिक



काठमाडौं, (नेस)

थ्रीस्टार एकडेमी बूढानीलकण्ठ र न्युटन हाई स्कुल काठमाडौं प्रथम एन्जल्र्स हर्ट अन्तरविद्यालय÷कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेका छन्।
मंगलबार भएको सेमिफाइनलमा थ्रीस्टार र सेवले आ–आफ्नो खेलमा सफलता हात पार्दै पहिलो संस्करणको अन्तरविद्यालय÷कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेका हुन्। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा मंगलबार भएको पहिलो सेमिफाइनलमा न्युटनले स्पाइरल ग्यालेक्सी स्कुल पोखरालाई ३–१ का सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो। निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट न्युटनले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा पनि न्युटन २५–२१ ले विजयी हुन सफल हँुदै खेल आफ्नो पक्षमा पार्ने संकेत दिएको थियो। तेस्रो सेट स्पाइरल ग्यालेक्सी पोखराले २५–२२ ले खेल आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत दिएको थियो। तर, प्रतिस्पर्धात्मक बनेको चौथो सेट न्युटनले २५–२२ ले हराउँदै ३–१ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो।

दोस्रो सेमिफाइनलमा उपाधिको दाबेदार थ्रीस्टारले सामाखुसी इंग्लिस बोर्डिङ स्कुल ९सेव० लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि न्युटनसँगको भेट पक्का ग¥यो। थ्रीस्टारले पहिलो सेटमा २५–२२ को प्रतिस्पर्धात्मक जित निकाले पनि त्यसपछिको दुवै सेट २५–८ र २५–९ ले सहजै आफ्नो पक्षमा पार्दै उपाधिनजिक पुगेको हो। फाइनल खेल बुधबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्