हिलारी र छोरी चेल्सी फिल्म निर्माण व्यवसायमा



वासिंगटन, (एजेन्सी)

अमेरिकी पूर्वविदेशमन्त्री तथा सन् २०१६ मा राष्ट्रपति पदका उम्मेदवार रहेकी हिलारी क्लिन्टन आफ्नी छोरी चेल्सियासँग मिलेर प्रोडक्सन कम्पनी खोल्ने भएका छन्। दुर्बले लगानीका लागि थुप्रै स्टुडियोसँग कुरा गरेका छन्। क्लिन्टन परिवार संस्कृति र समाजमा आधारित फिल्म तथा कार्यक्रम बनाउने सोचमा रहेको सञ्चार माध्यमले जनाएको छ।
क्लिन्टनको ध्यान महिला मुद्दामा केन्द्रित हुनेछ। गत वर्ष अगस्टमा उनले द वुमन्स आवरको प्रोडक्सनको जिम्मा सम्हाल्ने सम्झौतामा हस्ताक्षर गरेका थिए। यो कार्यक्रम महिलाको मताधिकारसँग जोडिएको सफरेज आन्दोलनमा अमेरिकी चलचित्र निर्माता स्टिवन स्पिलवर्गद्वारा बनाइएको सृंखला हो।

अमेरिकाका पूर्वराष्ट्रपति बिलक्लिन्टनकी पत्नी हिलारी क्लिन्टन अहिले राजनीतिमा सक्रिय छैनन्। उनी सन् २०१६ मा राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्पसँग हारेकी थिइन्। हालै मात्र ब्रोडवे थिएटरले हिलारीको जीवनमा आधारित कार्यक्रम शुरु गरेको छ। जसमा अमेरिकी अभिनेत्री लगर मेटकाफले प्रमुख भूमिका निर्वाह गरेकी छिन्।
हिलारीकी छोरी चेल्सि एनबीसी मिडियामा केही समयका लागि विशेष संवाददाताका रूपमा काम गरिसकेकी छिन्। हालै मात्र उनले बच्चाका लागि पाँच किताब लेखेसकेकी छिन्। चेल्सिया ती किताबमध्ये एक ‘१३ अमेरिकन वुमन हु चेन्ज्ड द वल्र्ड’ का बेस्ट सेलिंग भएको दावी गरेकी छिन्।

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले पनि पत्नी मिशेलसँग हालै मात्र चलचित्र तथा टेलिभिजन प्रोडक्सन कम्पनी हायर ग्राउन्ड शुरु गरेका छन्। उनको कम्पनीको नेटफ्लिक्ससँग पनि साझेदारी रहेको छ। ओबामा पनि समाजमा परिवर्तनसँग सम्बन्धित कार्यक्रम बनाइरहेका छन्। गत महिना उनको कम्पनीले ३ चलचित्र र ४ टेलिभिजन कार्यक्रम रिलिज गरेका थिए।

प्रतिक्रिया दिनुहोस्