आफ्नै भोगाईमा आधारित सुतली सार्वजनिक



धनवीर दाहाल,रुकुम
वास्तविक घटनामा आधारित रहेको कारुनिक गिती एल्बम सुतली सार्वजनिक भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ४ घर भएका बिजय चन्दको शब्दमा उनकै बास्तवीक भोगाईमा आधारित रहेर गित तयार गरिएको हो ।

अभ्यास डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा प्रतिभासाली सर्जक चन्द’दर्पण’को मर्मस्पर्शी लोकदोहोरी गीत ‘सुतली’बजारमा आएपछि दर्शक स्रोताको मन जित्न सफल भएको बिजयले बताए ।

गीतमा बहुचर्चित गायिका बिष्णु माझी र राजेश खड्का’सानु’को सुमधुर आवाज रहेको गीतमा लय राजेश खड्का सानुकै रहेको छ । बिजय चन्द ‘दर्पण’को शब्दमा आएको उक्त गीतलाई बसन्त थापाको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याइएको हो ।

चर्चित निर्देशक कपिल लामाको निर्देशन रहेको भिडियोको छायांकन भने सुरेश श्रेष्ठ र महेश महराको रहेको छ । अमर शाक्यको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ। भिडियोमा चर्चित मोडल सगुन साही र बाबु कृष्ण परियार रहनु भएको छ ।

अमेरिका टेक्सासको अस्टिनमा बस्दै आएका चन्दको मर्मस्पर्सी शब्दमा सो गित बजारमा ल्याएका हुन् गीतलाई अत्यधिक रुचाइएको छ ।

परदेशीको पिडा समेटिएको गीत सार्वजनिक गरिएको एक दिनमै २ लाख बढी पटक हेरिएको छ । दिन प्रतिदिन गीत चर्चित बन्दै गएपछी हौसला र जिम्मेवारी थपिदै गएको महसुस भएको गीतकार चन्दले बताउनुभयो ।

गायक राजेशले नेपाली मौलिकताको संरक्षण गर्दै गित तयार गरिएको बताए । गितमा एक बिदेशी भुमीमा दुख्ख गरिरहेको नेपालीले खेपेको दुख्खलाई समेटिएको छ ।

यस्तै आफ्नो प्रेमि बिदेश भएको र प्रेमिका नेपालमै भएको भएपनि आमाबुवाले बुहारी भित्र्याएको कुरा पनि औंल्याइएको छ ।
भिडियो तल छ ।
https://youtu.be/cuFzMAdxcec

 

प्रतिक्रिया दिनुहोस्