अल इंग्ल्यान्ड भिडन्त



कविरस शर्मा, काठमाडौं
युरोपियन फुटबलको शीर्ष क्लबको महाकुम्भका रूपमा परिचित छ यूएफा च्याम्पियन्स लिग। शनिबार राति नेपाली समयअनुसार १२ः४५ मा यस सिजनको च्याम्पियन्स लिग फाइनल स्पेनस्थित एट्लेटिको मेड्रिडको वान्दा मेट्रोपोलिटानो स्टेडियममा हुँदै छ, जसमा विजेताले १ करोड ९० लाख युरो पुरस्कार रकम प्राप्त गर्नेछ भने उपविजेताले १ करोड ५० युरो पाउनेछन्।

यसपटक फाइनलमा भिड्ने दुवै टोली इंग्लिस प्रिमियर लिग ९ईपीएल०का नै छन्। त्यसैले यो अल इंग्ल्यान्ड भिडन्तबाट चर्चित बनेको छ। गत बुधबार राति सम्पन्न यूएफा युरोपा लिगमा पनि पहिलो पटक दुई इंग्लिस क्लब नै उपाधिका लागि भिडेका थिए।

एकातिर यस सिजन इंग्लिस प्रिमियर लिगको दोस्रो स्थान ओगटेको लिभरपुल छ भने अर्कोतिर चौथो स्थानको टोटन≈याम हट्सपर। कुनै पनि प्रतियोगितामा लिभरपुल र टोटन≈याम एकअर्कासँग १ सय ७२ पटक आमने सामने भएका छन्। जसमा लिभरपुल ८२ पटक विजयी हुँदा टोटेन≈यामले ४८ पटक मात्र जित हासिल गरेको छ। बाँकी ४२ खेल बराबरीमा टुंगिएका छन्।

कुनै पनि युरोपियन प्रतियोगितामा भने यी दुई तेस्रो पटक आमने सामने हुँदै छन्। सन् १९७२÷७३ को यूएफा कपको सेमिफाइनलमा समान एक–एक लेग जितेका यी दुई टोलीमध्ये समग्र गोल आधारमा लिभरपुलले टोटन≈यामलाई उछिनेको थियो। गत सिजनको ईपीएल आँकडा हेर्दा लिभरपुलको वजन भारी देखिन्छ। ईपीएल सिजन २०१८÷१९ मा लिभरपुलले ३८ खेलबाट ९७ अंक जोडेको थियो। यता टोटन≈यामले भने ३८ खेलबाट ७१ अंक मात्र बटुल्यो। ईपीएलमा ‘होम एन्ड अवे’ दुवै खेलमा टोटेन≈याम लिभरपुलसँग २–१ ले पराजित भएको थियो।

च्याम्पियन्स लिगको आँकडा हेर्ने हो भने लिभरपुल नै अनुभवी देखिन्छ। लिभरपुलले यो सिजनसमेत गरी कुल ९ पटक च्याम्पियन्स लिगको फाइनल खेल्दै छ। पछिल्लो पटक सन् २००५ मा लिभरपुल च्याम्पियन बनेको थियो। गत सिजनको फाइनलमा च्याम्पियन्स लिगका सर्वाधिक विजेता रियल मेड्रिडसँग पराजित भएको लिभरपुलले सन् १९७७, १९७८, १९८१, १९८४ र २००५ मा गरी पाँचपटक च्याम्पियन्स लिगको उपाधि उचालिसक्यो। यस्तै तीन पटक भने उपविजेतामा चित्त बुझाएको छ।
यता टोटन≈याम भने पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्नु नै अहिलेसम्मको उच्च प्रदर्शन हो। सन् १९६१÷६२ सिजनमा पहिलो पटक युरोपियन कपमा प्रवेश पाएको टोटन≈यामले सोही वर्ष च्याम्पियन्स लिगको सेमीफाइनलसम्मको यात्रा गरे पनि बेनेफिका बाधक बनेको थियो। टोटेन≈यामले सन् १९७२ र १९८४ गरी दुई पटक युरोपा लिगको उपाधि र १९६३ मा कप विनर्स कपको उपाधि जितेको छ। यो नै युरोपेली क्लबस्तरमा टोटेन≈यामको अहिलेसम्म मुख्य उपलब्धि हो।

जारी सिजनको च्याम्पियन्स लिगमा दुवै टोलीको फाइनलसम्मको यात्रालाई हेर्ने हो भने केहीमा समानता भेटिन्छ। यी दुवै टोली समूह उपविजेताको हैसियतले अन्तिम १६ मा पुगेका थिए। यस्तै अन्तिम १६ मा पनि दुवै टोलीले जर्मन क्लबलाई नै पाखा लगाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेका थिए। टोटन≈यामले बोरुसिया डर्टमन्डलाई ४–० ले तथा लिभरपुलले जर्मन महारथी बायर्न म्युनिखको चुनौती ३–१ ले समाप्त पारेको थियो। क्वार्टरफाइनल र सेमीफाइनलमा भने टोटेन≈याम अवे गोलमा भाग्यशाली रहँदै फाइनलसम्म यात्रा लम्ब्याउन सफल बन्यो। इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग होम र अवे खेलमा ४–४ गोलको बराबरी भए पनि टोटन≈याम अवे गोलको आधारमा विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेको थियो।

त्यस्तै डच टोली आयक्ससँग सनसनीपूर्ण खेल्दै समग्रमा ३–३ गोलको बराबरी खेले पनि अवे गोलका आधारमा नै टोटन≈याम पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भयो। यता लिभरपुलले भने क्वार्टरफाइनलमा पोर्चुगिज टोली एफसी पोर्टोलाई समग्रमा ६–१ ले हराउँदै बार्सिलोनासँग अन्तिम ४ मा भेट पक्का गरेको थियो। जहाँ लिभरपुलले पहिलो लेगमा ३–० ले पछि परेको स्थितिलाई अविश्वसनीय तरिकाले उल्ट्याउँदै मेसीसहितको बार्सिलोनालाई ४–० ले हराउँदै फाइनलको यात्रा सम्भव पारेको थियो।

प्रशिक्षक मौरिसियो पोचेटिनो फाइनलमा टोटेन≈यामका ‘मुख्य खेलाडी ≈यारी केन फिट हुने वा होइन भन्ने कुरालाई लिएर विश्वस्त छैनन्। उता प्रशिक्षक यर्गेन क्लोपको टोली लिभरपुल भने मांसपेसी च्यातिएर उपचारत नाबी केइटाबिना नै मैदानमा उत्रँदै छ। तर ग्रोइन इन्ज्युरीका कारण पछिल्लो तीन म्याचमा अनुपस्थित रोबर्टो फर्मिनो भने फाइनलमा देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्