चलचित्रका प्रेरक पुष्कर




त्यो बेला चलचित्र पत्रिकाका लागि मायापुरी, फिल्मफेयर, स्क्रिनमै आश्रित थियौं, तर कामनाको नियमित प्रकाशनले नेपाली माटो सुहाउँदो विकल्प प्रदान ग¥यो।

डा. सुमनराज ताम्राकार
पुष्कर सरसँगको मेरो सम्बन्ध कामनाको प्रकाशनताकादेखि नै हो, अर्थात् २०४१ सालदेखि। यो लेख तयार गर्न बस्दा कति वर्ष भएछु भनेर हिसाब गर्दा ठ्याक्कै साढे ३४ वर्ष भएछ। ती दिनमा म गाउँमै थिएँ, मंसिरताकाको जाडोमा। जाडो समयमा जब गाउँकै दाइले कामनाको पहिलो प्रति लिएर आउनुभयो। पहिलो नजरमै निकै मन प¥यो। आवरणमा शर्मिला मल्लको फोटो भएको कामनाको त्यो टेब्ल्वायड अंकदेखि कामना नियमित पढ्ने मात्र होइन, संकलन नै गर्न थालें। त्यसरी स्थापनाकालदेखि कामना संकलन गर्ने एकाध व्यक्तिमध्ये म पनि पर्छु होला।

गल्ली–गल्लीमा हिन्दी फिल्म भिडियो हेर्न पाइने भए पनि त्यो बेला नेपाली चलचित्रका लागि भने हलमै पुग्नुपर्ने बाध्यता थियो। तिनताका नेपालमा औंलामा गन्न सकिने मात्र चलचित्र बन्थे। त्यस्तो समयमा नेपाली चलचित्र बन्ने समयमा विशुद्धरूपमा चलचित्र, गीत तथा संगीत समेटेर पत्रिका निकाल्ने पुष्करलाल श्रेष्ठ मूर्ख नै कहलिएका थिए। मासिकरूपमा कामना निकाल्ने योजना भए पनि यावत् कारणले त्यो सम्भव पनि थिएन, तर निरन्तर प्रकाशन भई नै र≈यो। प्रत्येक महिनाजसो कामना कहिले बजारमा आउला भन्ने पर्खिन्थें पनि।

कामना प्रकाशनमा आउन थालेपछि नेपाली चलचित्र अनि गीत, संगीत क्षेत्रका मिहिन जानकारी पनि सजिलै थाहा पाउन सकियो। शुरूका दिनमा कामनादेखि तर्किने कलाकर्मी पछिल्ला दिनमा यसमा कभरेज पाउनुमा निकै गर्व महसुस गर्न थालेका थिए। कामनाले विभिन्न कलाकारका विवादास्पद कुरामाथि निकै मेहनत गरी वास्तविकता खोजपड्ताल गरेर पाठक वा दर्शकसामू राखिदिएर धेरै कलाकारलाई राहत पु¥याइदियो। नायक अर्जुनजंग शाही, डली गुरुङ यस्तै केही उदाहरण हुन्। त्यसैले पनि त कामनाको क्रेज बढेको, कामनामा छापिएका कुरा नै आधिकारिक जस्तो मान्न थालिएको। शुरूका केही वर्षसम्म ‘विगतदेखि वर्तमानसम्म’ भनेर कलाकार विशेषका आत्मकहानी छापेर जिउँदो छँदै सम्मान गर्ने थालनी कामनाले नै ग¥यो र कुनै कलाकारको मृत्युपछि पनि श्रद्धाका रूपमा शब्दगुच्छा अर्पण गर्ने कामनाको चलन छँदैछ। म सम्झिन्छु स्वर सम्राट नारायण गोपालको मृत्युलगत्तै श्रद्धाञ्जली अंकको प्रसंग। कामनाको त्यस्तो सदाशयपूर्ण पृथक प्रयासलाई पनि हिलो छ्याप्ने काम भयो सतीले सरापेको देशमा।

कुन चलचित्रको मुहूर्त भयो, कुन चलचित्रको सुटिङ सम्पन्न भयो, कुन चलचित्रको स्वरांकन भइरहेको छ, कुन चलचित्र कहिले रिलिज हुँदै छ, कुन चलचित्र कति हिट भयो सबैको जानकारी कामनामै हुन्थ्यो।

कामनाले कुनै पनि कलाकारप्रति पूर्वाग्रह राखेन, कसैलाई काखापाखा पनि गरेन, तर कामनाको क्रेज, यसको विश्वसनीयता अनि यसको प्रगतिलाई लिएर धेरैले ईख पालेका थिए। त्यसो भएर होला कामनालाई भए नभएका दोषारोपण गर्ने, गलत आक्षेप लगाउनेको कमी थिएन। चाहे त्यो राजेश हमालको गिर्खायुक्त नांगो तस्वीरको सवालमा होस् या उदितनारायणका मिथ्या आरोपको सवालमा। कामनाको देखासिकी गरेर चलचित्रसम्बन्धी धेरै पत्रपत्रिका बजारमा आए, तर ती सबै पानीको फोका साबित भए र पनि कामना आफ्नै सुरमा अगाडि बढिर≈यो। कामनाले कुनै गुनासो पोखेन।

पुष्कर सर अनि अशोक सरको गुणस्तरीय कामबारे भन्नु पर्दा कम्प्युटरकृत लेआउट, फोटोसप अनि इन डिजाइनको सुविधा नभएका बखत पनि सबै काम म्यानुअल नै गर्नुपर्ने भए पनि कामना निकै साजसज्जाका साथ प्रकाशन हुन्थ्यो। त्यसैले बजारमा कामनाको उचाइ छुट्टै देखिन्थ्यो। त्यो बेला चलचित्र पत्रिकाका लागि मायापुरी, फिल्मफेयर, स्क्रिनमै आश्रित थियौं, तर कामनाको नियमित प्रकाशनले नेपाली माटो सुहाउँदो विकल्प प्रदान ग¥यो। त्यसो हुनुमा यसको गुणस्तरीयता र यसको समाचारप्रतिको विश्वसनियता पनि थियो।

कामनाले शुरूका दिनदेखि पीत पत्रकारिताभन्दा खोजी पत्रकारितामा जोड दिएको थियो। कामनाको खोजी पत्रकारिताबाट हौसिएर श्रेष्ठले साधना प्रकाशनमा ल्याए। त्यो पनि त्यत्तिकै हिट भयो। अनलाइन पत्रिकाको चलन नभएको समयमा पनि तात्तातो खबर बजारमा ल्याइहाल्ने, ब्रेकिङ न्युज पस्किने सन्ध्याकालीन महानगरले पनि दैनिकरूपमा बजार पिट्यो नै। प्रत्येक नयाँ प्रकाशनको शुरूआती दिनमा पुष्कर सरका सहकर्मी अशोक मान सिंह, कपिल काफ्ले, आर के धर्मस्थली, बद्री तिवारी, लक्ष्मण अधिकारी, टंक पन्त, भगवती तिमल्सिना, विदुर गिरी, कुशल गौतमले केवल जागिर खानका लागि आएका नभई वास्तवमै आफ्नो दायित्वअनुसारको भूमिका निर्वाह गरेका कारण पनि एकपछि अर्को सफलता हात लाग्यो।

निजी क्षेत्रबाट मिडिया हाउसका रूपमा उदाएको कामना प्रकाशन समूहको नेपाल समाचारपत्रले भने अपेक्षाकृत व्यवसाय गर्न सकेन। उल्टै कामना, साधनाको नियमितता अनि सन्ध्याकालीन महानगरको निरन्तरतामा ग्रहण ल्यायो। व्यावसायिकरूपमा नेपाल समाचारपत्रले आशातित सफलता हासिल गर्न नसके पनि आज राष्ट्रियस्तरका जति पनि नाम चलेका पत्रपत्रिकामा कार्यरत पत्रकार छन् त्यसमध्ये उल्लेख्य संख्याका पत्रकारको जर्नालिज्म कखरा सिक्ने स्कुलिङ कामना प्रकाशन अनि नेपाल समाचारपत्रबाटै भएको भन्दा फरक नहोला। अधिकांशले ‘खोला त¥यो, लौरो बिस्र्यो’ गरे त्यो भिन्न कुरा हो। तिनीहरूका लागि वृहस्पति भने पनि, द्रोणाचार्य भने पनि पुष्कर सर नै थिए।

पुष्करलाल सरको अगुवाइमा स्थापित कामना प्रकाशन समूहले विभिन्न मानकको शुुरुआत तथा त्यसको निरन्तरता दिइर≈यो। चलचित्रकर्मीलाई पुरस्कारको थालनी, अग्रज कलाकारलाई लाइफटाइम एचिभमेन्ट अवार्डको थालनी, कामना होस् या साधनाको कुनै मानक अंक पुग्दा विशेषांकको थालनी, नेपाल समाचारपत्रमै पनि ठाउँ वा समय सुहाउँदो विशेषांकको प्रकाशन यस्तै केही उदाहरण हु्न्। यसमध्ये प्रत्येक वर्षका गाईजात्राको अवसरमा गाईजात्रा विशेषांकको थालनी अनि निरन्तरता स्मरणीय छ। पाठकलाई सत्य तथ्य समयमै सुसूचित हुनुपर्छ भन्ने मान्यता राख्ने भएकाले दरबार हत्याकाण्डको न्यूज ब्रेक गर्ने आँट पुष्कर सर अर्थात् नेपाल समाचारपत्रबाट मात्र भयो।

यसरी पुष्करलाल सरको ‘साना दुःखले आर्जेको कामना, साधना होइन’ यो। मेडिकल क्षेत्रमा एउटा कहावत छ– ‘खान हुने बेलामा किन्ने पैसा थिएन, अहिले पैसा भएको बेला डाक्टर यो नखाऊ त्यो नखाऊ भन्छ।’ यस्तै नियति भोगिरहेको छ अहिले कामना अनि साधनाले। अहिलेको परिप्रेक्ष्यमा नेपाल समाचारपत्रलाई निरन्तरता दिन सकिँदैन भने पनि कम्तिमा कामना अनि साधनालाई निरन्तरता दिई पहिलेकै उचाइमा पु¥याउन सकेमा पुष्करलाल सरप्रति सच्चा श्रद्धाञ्जली सावित हुनेछ।

प्रतिक्रिया दिनुहोस्