अब मलाई कसले हप्काउला !




यति धेरै कलाकर्मीका लागि असंख्य मलामी तयार पारिदिनुभएका उहाँ स्वयंको निधनमा भने कला क्षेत्रबाट औंलामा गन्न सकिने सीमित मलामी देख्दा यो विधाको पत्रकारितालाई निरन्तरता दिउँ कि नदिउ? भन्ने प्रश्न मनमा उठेको छ।

विदुर गिरी
‘तलब सबै कटाएर खाजाचाहिँ केले खाने नि ? अनि बाइकमा तेलचाहिँ केले हाल्ने नि ?’
यो पंक्तिकारलाई यसको पत्रकारिताका गुरु अनि कुशल अभिभावक आदरणीय पुष्करलाल श्रेष्ठलाई सम्झाइरहने उहाँको माया मिश्रित खप्की हो यो। २०५०÷०५१ सालतिरको कुरा हो बाघ निर्देशकका रूपमा ख्याति कमाएका निर्माता निर्देशक तथा लेखक प्रकाश थापाको निर्देशनमा महामाया नामक फिल्मको निर्माण भइरहेको थियो। त्यस समयमा नेपाल समाचारपत्रको सहप्रकाशन कामना सिने मासिकमा प्रकाशित हुने सुटिङ रिपोर्ट अत्यन्त लोकप्रिय थियो। त्यसैका लागि महामायाको निर्माण समूहले सुटिङ रिपोर्टका लागि निम्तो गरेकाले यो पंक्तिकार त्यसको सुटिङस्थल पुगेको थियो। पंक्तिकारलाई सार्वजनिक सवारीसाधनमा छोटै दूरीको यात्रा गर्दा पनि उल्टी हुन्थ्यो। त्यसैले रिपोर्टिङका लागि साइकल चढेर पुग्नुपथ्र्यो। सुटिङ स्पटमा अभिनेतृ गौरी मल्ल जाडोको मौसममा पानीले भिजेर सट दिइरहेकी थिइन्। याद भएसम्म सट लिइरहेका थिए नृत्य निर्देशक वसन्त श्रेष्ठले। निर्देशक थापा सुटिङ नियाल्दै सघाइरहेका थिए। सुटिङ लम्बिँदै थियो, रात छिप्पिँदै थियो। रिपोर्टिङका लागि सामग्री पुगिसकेको थिएन। त्यसैले रात छिप्पिँदै गए पनि पंक्तिकार सुटिङ सेटमा बसेर टिपोट गर्न बाध्य थियो। हेर्दाहेर्दै रातको १० बज्न लाग्यो। घर जाने हतारो बढ्न थाल्यो। निर्देशक थापा आप्mनो स्वभावअनुसार हप्काएको शैलीमा भन्दै थिए– ‘केको हतार गरेकोरु खाना खाऊ। तिमी बस्ने मिनभवन होइनरु सँगै जाउँला मेरो गाडीमा।’ उनी कसैलाई अर्डर दिँदै भन्दै थिए– ‘ए उसलाई खाना खुवाइदेऊ।’ ढिलो भएकाले खाना नखाने र अब जाने कुरा गर्दा तुरुन्तै पंक्तिकारतिर फर्केर कड्किए– ‘ल भयो नखाऊ। पत्रकारलाई खाना खाउ भनेर कर गर्दा पछि फेरि प्रकाश थापाले कर गरेर खाना खुवायो भनेर लेखलाऊ। जानचाहिँ सँगै जाऊँला। अहिले मेरो गाडीमा छोडिदिउmँला।’ आफू साइकलमा आएको जानकारी गराएपछि उनले पंक्तिकारलाई भने– ‘ल उसोभए मिनीबसमा जाऊ। साइकल पनि त्यसैमा हाल।’ तुरुन्तै प्रोडक्सनलाई निर्देशन दिए– ‘ए विदुरलाई मिनीबसमा पठाइदेऊ। उसले साइकल लिएर आएको रहेछ। साइकल पनि मिनीबसमा हालिद्याओ।’

रात छिप्पिइसकेकाले साइकलमा जान डर थियो। निर्देशक थापाको सल्लाहबमोजिम मिनीबसमा साइकल हालियो र पंक्तिकार त्यसैमा बस्यो। त्यतिखेर अहिलेजस्तो सुरक्षाको डर थिएन। केवल अज्ञात त्रास थियो। मिनीबस चालक भने मिनभवन पुगिसकेपछि अगाडि जान मानेनन् र ‘हामीले पु¥याउने यहाँसम्म मात्र हो’ भन्दै बीच सडकमै साइकल र पंक्तिकारलाई झारिदिए। मूल सडकमा त डर लाग्दैन थियो। डर त त्यहाँबाट अगाडि जान लाग्थ्यो। अज्ञात डर जुन ठाउँबाट शुरू हुन्थ्यो, चालकले त्यहीं छोडिदिएपछि पंक्तिकार डराउँदै–डराउँदै साइकल चढेर घरतिर लाग्यो।

भोलिपल्ट कार्यालय पुग्नासाथ पंक्तिकारले प्रधानसम्पादक पुष्कर सरलाई भेटेर अघिल्लो रातको सबै वृत्तान्त सुनाउँदै आफू स्वास्थ्यका कारण सार्वजनिक सवारीमा चढन् नसक्ने र साइकल चढ्दा राति विचल्ली हुने गरेकाले किस्ताबन्दीमा बाइक किन्न सहयोग गर्न अनुरोध ग¥यो। ‘कति पैसा चाहिने रहेछ र के गर्नुपर्ने रहेछ बुझ्नुस् न त’ –पुष्कर सरले सजिलै भन्नुभयो।

उसो भए तपाईंलाई मैले त अंकल भन्नुपर्ने भयो। तपाईं प्रकाश थापालाई दाइ भन्नुहुँदोरहेछ, म अंकल भन्छु। तपाईं उहाँको भाइ भएपछि मेरो अंकल हुनुभएन त ?

त्यस समयमा फाइनान्स कम्पनी र बैंकले अहिलेजस्तो निजी संस्थालाई किस्ताबन्दीमा बाइक किन्न लगानी गर्दै गर्दैनथे, तर लामो प्रयासपछि एक फाइनान्स कम्पनी किस्ताबन्दीमा बाइक दिलाउने व्यवस्था गर्न तयार भयो। सबै प्रक्रिया पूरा गरेपछि पुष्कर सरलाई पंक्तिकारले डाउन पेमेन्टका लागि २५ हजार रुपियाँ पर्ने जानकारी गरायो। कार्यालयबाट पेस्की दिने व्यवस्था त्यतिखेर थिएन। त्यसैले पुष्कर सरले आफ्नो कार्यकक्षको दराज खोल्दै ब्रिफकेसबाट झिकेर २५ हजार रुपियाँ दिनुभयो। ‘थ्यांक यु सर। बाइक किनेपछि मलाई पहिलेभन्दा एक्टिभ भएर काम गर्न सजिलो हुने भयो। यो पैसा कट्टा नभएसम्म सीधै तलबबाट कटाइदिने व्यवस्था मिलाइदिनुहोला’ –पंक्तिकारले यति के भनेको थियो, उहाँले हप्काउनुभयो– ‘अँ तलब सबै कटाएर खाजाचाहिँ के ले खाने निरु अनि बाइकमा तेलचाहिँ केले हाल्ने निरु’ उहाँको यो हप्काइमा माया नै माया मिसिएको मैले पाएँ। उहाँका ती शब्द सुन्दा आँखाबाट अनायाश बाहिर निस्कन बल गरेको आँसु रोक्न मुस्किल परिरहेको थियो। उहाँ भने सम्झाउने शैलीमा भन्दै हुनुहुन्थ्यो– ‘मैले तपाईंलाई व्यक्तिगतरूपमा सहयोग गरेको हो। तलब लिएपछि महिनाको २ हजार मलाई बुझाउनु।’ मासिकरूपमा उहाँलाई पैसा बुझाउन अफ्ठेरो महसुस भएको बुझेर पछि उहाँले नै तलबबाट सीधै कटाउने व्यवस्था मिलाइदिनुभएको थियो।

रिपोर्टिङ गर्न गएकालाई रिपोर्टिङमा लाग्नोस् भनेपछि
आफ्नो प्रधानसम्पादक, संस्थाका प्रमुख भएर मात्र यो उहाँप्रति श्रद्धा अथवा आदर जागेको होइन भन्ने प्रमाण र दृष्टान्त यो पंक्तिकारसँग थुप्रै छ। २०४९/०५० सालतिर हुनुपर्छ। ‘तपाईं साप्ताहिक पत्रिकामा मात्रै लेख्ने कि ठूलो पत्रिकामा पनि काम गर्नेरु वरिष्ठ पत्रकार पद्मसिंह कार्कीको साप्ताहिक पत्रिका गतिविधिमा मनोरञ्जनसम्बन्धी स्तम्भ लेखिरहेको यो पंक्तिकारलाई त्यसका सम्पादक हरि मञ्जुश्रीले फोनमा सोधे। ‘मौका पाए त गर्ने नि सर’, पंक्तिकारले प्रफूल्लित हुँदै जवाफ दिनासाथ उनले प्रस्ताव गरे– ‘कामना पत्रिकाका लागि रिपोर्टिङ गर्नुहुन्छ तरु’ पंक्तिकार तुरुन्तै तयार भयो र उनले भनेअनुसार उनीसँगै कामनाको कार्यालय पुग्यो। केही दिनसम्म पंक्तिकारको काम त्यस समयमा असाध्यै लोकप्रिय ठहरिएको पत्रमित्रता, कोठेपदका लागि आएका कटिङ र त्योसँगै आएको रकम फाइलिङ गर्ने र लगत राख्ने तथा कम्प्युटरबाट तयार भएर आएका सामग्रीको प्रिन्ट हेरी प्रुफ हेर्नेमा सीमित थियो। केही दिनपछि पंक्तिकारले सम्पादक मञ्जुश्रीलाई आग्रह ग¥यो– ‘सर मलाई आर्टिकल लेख्ने विषय नै दिनु भएन। आर्टिकल लेख्न पनि दिनोस् न, म के लेखौंरु’ उनले भने–‘पत्रकारलाई यो लेख र त्यो लेख भन्नुपर्छ ररु आफैं लेख्नोस् न।’ त्यस समयमा प्रहरीले लामो कपाल पालेर सडक र गल्लीमा हिँड्ने युवाको कपाल काटेर कारबाही गर्ने अभियान चलेको थियो। उता अभिनेता राजेश हमाल लामो कपालकै लागि लोकप्रिय थिए। उनले आफ्ना पिताको देहान्त हुँदासमेत कपाल काटेका थिएनन्। प्रहरीले हमाललाई समेत कारबाही गरेको अफवाह पनि पैmलियो। पंक्तिकारले त्यसै दिन राजेश हमालको लामो कपाल र त्यसविरुद्धको प्रहरी अभियानबारे उनीसँग सम्पर्क गरेर सामग्री तयार पा¥यो। पछि हमालले आफ्नो लामो कपालका बारेमा पैmलिएको अफवाहबारे भाष्करराज कर्णिकारद्वारा सञ्चालित त्यस बेलाको लोकप्रिय टेलिभिजन कार्यक्रम जिरो आवरमा समेत ‘मलाई यो विषयमा कामनाले पनि फोन गरेर सोधेको थियो’ भनेका थिए। त्यो सामग्रीसहितको कामना बजारमा आएलगत्तै प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले यो पंक्तिकारलाई कार्यकक्षमा बोलाई भन्नुभयो- ‘तपाईं यति राम्रो लेख्ने मान्छे किन फाइलिङमा अल्झिनु भएकोरु रिपोर्टिङमा लाग्नोस्।’ वास्तवमा हरि मञ्जुश्रीले यो पंक्तिकारलाई कामनाको रिपोटिङका लागि ल्याइएकोबारे प्रधानसम्पादक श्रेष्ठलाई भन्नै भ्याएका रहेनछन्।

त्यसपछि यो पंक्तिकार कामनाको प्रिन्ट लाइनमा संवाददाताको रूपमा देखिन थाल्यो। पंक्तिकारले पुष्कर सरसमक्ष कहिल्यै पनि प्रमोसन वा तलब वृद्धिका लागि मुख खोल्नुपरेन। समय र मेहनत तथा दक्षताअनुसार उहाँले नै तलब वृद्धि र बढुवा गर्दै जानुभयो। कामनाको संवाददाताबाट उपसम्पादक, कार्यकारी सम्पादक र सम्पादकमा बढुवा हुन कहिल्यै उहाँको ढोका ढकढक्याउनुपरेन।

वाल्ल पार्ने प्रश्न ः लड्डु खुवाउनुपर्दैनरु
नेपाली कलाकारलाई सामाजिक प्रतिष्ठा तथा मान सम्मान दिलाउन तथा फिल्मको क्षेत्र उन्नति र विकासका लागि प्रकाशनमा आएको कामना फिल्मका विज्ञापन नपाउँदा पनि अगाडि बढिरहेको थियो। एक दिन कामनाको फाइनल प्रिन्ट हेरिसकेपछि प्रधानसम्पादक श्रेष्ठले सम्पादकीय पृष्ठमा रातो कलमले केही कोर्नुभयो र फोल्ड गरेर दिँदै जस्ताको त्यस्तै कम्प्युटरमा दिनु भन्नुभयो। उहाँको ‘जस्ताका त्यस्तै’ को आशय थियो नहेरिकन। पंक्तिकारले नहेरी प्रिन्ट कम्प्युटरको प्राविधिक मित्रलाई दियो। केही समयपछि उहाँ पंक्तिकारकहाँ आउनुभयो र भन्नुभयो– ‘लड्डु खुवाउनुपर्दैनरु’ पंक्तिकार वाल्ल परेको देखेपछि उहाँले सम्पादकीय पृष्ठ देखाउनुभयो। त्यसमा पंक्तिकारको नाम उपसम्पादकबाट कार्यकारी सम्पादक भएको रहेछ। ‘अब त लड्डु खुवाउने होला निरु’ हरेक कुरालाई रोचक र रमाइलो शैलीले भन्ने उहाँको लड्डुवाला कुरा मजाक नै हो भन्नेमा पंक्तिकार थियो, तर उहाँले त अगाडिको कुर्सीमै बसेर भन्नुभयो– ‘लड्डु नखाई त म जान्नँ। लड्डु लिन जान टाढा भए मःम भए पनि हुन्छ।’ हामी साथीहरू कहिलेकाहीं समूह बनाएर कार्यालयअगाडिकै पसलबाट मःम मगाउँथ्यौं। पसलेले एकैपल्ट ५÷७ प्लेट मःम नाङ्लोमा हालेर ल्याइदिन्थे। उहाँ प्रकाशक र प्रधानसम्पादक भए पनि हामीसँगै बसेर १÷२ पिस मःम खाएर निकटता र आत्मीयता प्रष्ट पार्नुहुन्थ्यो।

प्रधानसम्पादकको व्यंग्य ः तपाईंलाई त अंकल भन्नुपर्ने भयो
उहाँ जति नरम हुनुहुन्थ्यो, अनुशासनको सवालमा त्यति नै कडा पनि। त्यस समयमा अहिलेजस्तो हात–हातमा मोबाइल फोन थिएन। मोबाइलको जमानै आइसकेको थिएन। ल्यान्डलाइन फोन पनि कमै हुन्थ्यो। कार्यालयमा सिमित ल्यान्डलाइन भएकाले प्रायः एक्सटेन्सन लाइन व्यस्त नै हुन्थ्यो। उहाँले पत्रकारलाई डाइरेक्ट लाइनबाट कल गर्नु परे आफ्नो कार्यकक्ष सधैं खुला राख्नु भएको थियो। एक दिन निर्देशक प्रकाश थापालाई कुनै विषयमा कुरा गर्न फोन गर्नुपर्ने भयो। पंक्तिकार सीधै उहाँको कार्यकक्षमा छि¥यो र कल लगाएर कुरा गर्न थाल्यो। कल राखिसकेपछि स्वभावअुसार नरम आवाजमा सोध्नुभयो– ‘कसलाई फोन गर्नु भएकोरु प्रकाश थापालाईरु’ हो भन्ने जवाफ पाउनासाथ व्यंग्यमिश्रित थोरै कडा आवाजमा भन्नुभयो– ‘उसो भए तपाईंलाई मैले त अंकल भन्नुपर्ने भयो। तपाईं उहाँलाई दाइ भन्नुहुँदोरहेछ, म अंकल भन्छु। तपाईं उहाँको भाइ भएपछि मेरो अंकल हुनुभएन तरु’ पंक्तिकार असमञ्जसमा प¥यो, संकोचवश मुखबाट निस्कियो– ‘के भन्ने त सररु’ उहाँले सरलरूपमा सुझाउनुभयो– ‘सर भन्ने नि। त्यो लेभल र उमेरको मानिसलाई दाइ भन्न त सुहाउँदैन नि ?’

राजेश हमालको नग्न फोटो प्रकाशनमा रोक
विभिन्न साप्ताहिक तथा दैनिक पत्रिकाका केही सम्पादकसँग काम गरेको आधारमा पंक्तिकार निश्चयका साथ यो भन्न सक्छ कि पुष्करलाल मात्र त्यो पत्रकार हुनुहुन्थ्यो, जो आग्रह र पूर्वाग्रह अथवा भावना र आक्रोशमा न आफूले समाचार सामग्री उत्पादन गर्नुहुन्थ्यो, न गर्न दिनुहुन्थ्यो।

त्यस समयमा फिल्म क्षेत्रमा राजेश हमालको दबदबा थियो। उनी एकछत्र राज गरिरहेका थिए। त्यसैबेला एक बिहान ट्युसन जाने क्रममा पंक्तिकारलाई कसैले पछाडिबाट बोलायो र परिचय गर्दै आफूसँग हमालको नग्न फोटो रहेको जानकारी गरायो। पंक्तिकार क्लास जाने हतारमा थियो। त्यसैले यसले वास्ता गरेन। अलि अघि बढेपछि महसुस ग¥यो यो त ठूलो समाचार हुन सक्छ। पंक्तिकार फर्कियो र उ डेरा बस्ने भनेको घरभित्र पस्यो। त्यहाँ अनगिन्ती कोठा थियो। पंक्तिकारले उसको नाम पनि याद गरेको थिएन, कुन कोठा कुन कोठा ठम्याउन मुस्किल भयो। लगातार केही दिन पछ्याएपछि पंक्तिकार उसलाई भेट्टाउन सफल भयो, तर पहिले फोटो दिन हतार गर्ने उसले पछि त्यसबापत पैसाको बार्गेनिङ गर्न थाल्यो। पंक्तिकारले लामो समय लगाएर बाटो धर्मराउन खोजेको एउटा स्टारलाई सही बाटोमा ल्याउन सहयोग गर्नुपर्छ भनेपछि टोलकै एक छिकेकीको घरमा बस्ने ऊ सहमत भयो। फोटो हात प¥यो। प्रधानसम्पादक श्रेष्ठ भने फोटो छाप्न सहमत हुनुभएन। ‘राजेश हमाल अहिलेको राइजिङ स्टार हो। यस्तो कलाकारको बदनाम गर्नुहुन्न’ उहाँले त्यसो भनेपछि हमालको नग्न फोटो लामो समय कामनाको फाइलमै बस्यो। एक दिन एउटा सार्वजनिक कार्यक्रममा राजेश हमालले अग्रज फिल्मकर्मीको अपमान गरेको महसुस त्यहाँका सहभागीले गरे। त्यसपछि भने प्रधानसम्पादक श्रेष्ठले निर्णय फेर्नुभयो। ‘सबैले माया गरेको कलाकारले अग्रजको अपमान गर्नु गलत भयो।

हामीले बेलैमा सचेत गर्नुपर्छ’ –उहाँको भनाइ थियो। त्यसपछि उनको नग्न फोटोको गोप्य अंगमा कालो पोतो दलेर त्यो तस्वीर छापियो। त्यसमा बलिउडका कलाकारले अग्रजलाई सम्मान गर्दै खुट्टासमेत ढोग्ने भएकाले नेपाली कलाकारले पनि अग्रजको सम्मान गर्नुपर्छ भन्ने सामग्री त्यसमा थियो। सो तस्वीर प्रकाशनपछि हमाल र कामनाबीचको दूरी बढ्न पुग्यो। केही समयपछि प्रधानसम्पादक श्रेष्ठको भनाइ थियो– ‘कलाकारसँग दूरीमा बस्नु हुन्न। एउटा राम्रो अन्तरवार्ता छापौं।’ केही समयपछि कामनाले हमाललाई अन्तरवार्ताका लागि अनुरोध ग¥यो, उनले कामनामै आएर अन्तरवार्ता दिए।

रिपोर्टरलाई प्रत्यक्ष वर्णन गरेर रिपोर्टिङ दिने सम्पादक
उहाँको समाचार स्रोत र त्यसलाई भन्ने वा लेख्ने शैली पनि कति बलियो र दरिलो थियो भन्ने एउटा उदाहरण हो– अभिनेतृ करिश्मा मानन्धर र फिल्मकर्मी शैलेश आचार्यबीच पोखरामा भएको एक घटना। न उहाँ पोखरा जानुभएको थियो, न त घटनास्थलमै कसैलाई पठाउनुभएको थियो। ‘विदुरजी, कपिलजी तपाईंहरू एकछिन मेरो कोठामा आउनुस् तरु म तपाईंहरूलाई कामनाको नयाँ अंकको लागि स्कुप न्युज दिन्छु’ –प्रधानसम्पादक श्रेष्ठले कामनाका तत्कालीन सम्पादक कपिल काफ्ले र पंक्तिकारलाई बोलाउँदै भन्नुभयो। पोखरामा एक फिल्मको सुटिङका क्रममा त्यसका परिकल्पनाकार शैलेश आचार्यले अभिनेतृ करिश्मा मानन्धरलाई गलत प्रस्ताव राखेको तथा त्यसलाई लिएर बबाल भएको, जसका कारण करिश्मा पति विनोद मानन्धर तुरुन्तै विमान चढेर गएको विषयमा उहाँले ढोका थुनेर सबै घटनाको यसरी बेली विस्तार लगाउनुभयो कि मानौं उहाँ स्वयं घटनास्थलमा पुग्नुभएको थियो।

अहिले जस्तो त्यतिखेर इन्टरनेट सुविधा नेपालमा आइसकेकै थिएन, तर उहाँ बलिउडका हस्तीको निधनको समाचार पनि पंक्तिकारलाई दिनुुहुन्थ्यो। त्यो पनि उनीहरूको फिल्मी करियरसहित। कतिपय ती कलाकारको निधनको खबर कामनामा प्रकाशित भएको केही समयपछि मात्र भारतीय म्यागजिनमा देखिन्थ्यो। जीवनको अन्तिम क्षणसम्म पनि कपितय समाचार सामग्रीको विषय उहाँबाट नै आउँथ्यो।

मिल्छ भने कुनै दिन स्थान दिनुहोला
आश्चार्य त के लाग्थ्यो भने नेपाल समाचारपत्रलगायत केही दैनिक तथा साप्ताहिकमा काम गर्ने क्रममा क्रममा कतिपय सहकर्मीबाट सामान्य सामग्री पनि ‘अनिवार्य’, ‘मस्ट’ कोे तोक लागेर आउँथे, तर उहाँ स्वयं प्रधानसम्पादक भएर पनि ‘मिल्छ भने कुनै दिन स्थान दिनु होला’ भन्नुहुन्थ्यो वा लेखेर पठाउनुहुन्थ्यो।

कुनै सर सल्लाह गर्नुपरे जतिखेर पनि उपलब्ध भइदिने अझ केही भेट नभए पत्रकारको कार्यकक्षमा आफै पुगिदिने उहाँ पत्रकार कर्मचारीसँग व्यक्तिगतरूपमा पनि निकट रहनुहुन्थ्यो। यो पंक्तिकारलाई पनि मधुमेह भएपछि चिन्ता गर्दै असल अभिभावकका रूपमा उहाँको सद्भाव थियो– ‘सुगर लेभलमा राख्न तपाईं पनि मैले ब्याडमिन्टन खेल्ने ठाउँ भैंसेपाटी आउने गर्नुस्। त्यहाँको फि पनि मै तिरिदिन्छु। त्यहींबाट सँगै अफिस आऊँला।’ उहाँ कलाकर्मीलाई कति धेरै माया गर्नुहुन्थ्यो भने फलानोलाई यस्तो भएछ एउटा समाचार बनाइदिनुपर्ला, फलानोलाई यस्तो परेछ, हाम्रो मिडियाबाट सहयोग गर्नुपर्ला। कोही पनि कलाकर्मीको बिहे, व्रतबन्ध वा अन्य कुनै समारोहको निम्तो पाएपछि उहाँ मुख मात्र देखाउन भए पनि पुगिहाल्नुहुन्थ्यो। मधुमेह र रक्तचापका कारण उहाँ खानपिनमा असाध्यै ख्याल राख्नुहुन्थ्यो र भोज भतेरमा गएर केही खानुहुन्नथ्यो, तर पनि बोलाइसकेपछि एकपटक मुख देखाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। फलानोको कार्ड आएको छरु छ भने सँगै जाउmँ न।

खासगरी कोही कलाकर्मीको निधन हुँदा उहाँ अन्तिम श्रद्धाञ्जलिका लागि तुरुन्तै पुगिहाल्नुहुन्थ्यो। ‘तपाईं जाने हो, सँगै जाउmँ’ –कलाकर्मीको निधन भएको खबर पाउनासाथ उहाँले सधैं भन्ने कुरा हुन्थ्यो। पछिल्लोपटक ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन भएपछि पनि उहाँले भन्नुभएको थियो। पंक्तिकार प्राविधिक कारण आर्यघाट जान सकेन। ‘समवेदना दिन म त पछि घर जानुपर्ने भयो सर’ भनेपछि उहाँले भन्नुभएको थियो– ‘हुन्छ नि त पछि नै जाउmँला।’ तर उहाँ आर्यघाट पुग्नुभएको थियो भने पछि मदनकृष्ण निवासमा सँगै जाने समय नमिल्दा पनि उहाँ एक्लै पुग्नुभएको थियो।

अब यो विधाको पत्रकारिता गरौं कि नगरौं ?
भारतका कलाकारले पाएको मान सम्मान देखेर नेपाली कलाकारलाई मान प्रतिष्ठा र सामाजिक मर्यादा दिलाउन तथा नेपाली कला र फिल्म क्षेत्रको श्रीवृद्धिका लागि ३५ वर्षभन्दा अगाडि कामना सिने मासिक प्रकाशनमा ल्याई आजीवन नेपाली कला र कलाकारको सेवा गर्नुभयो। पत्रकारिताको माध्यमबाट कतिपय कलाकारलाई मलामी तयार पारिदिनुभयो, कतिपय कलाकारको प्रोफाइल तयार पारिदिनुभयो। कलाकार र कला क्षेत्रकै लागि कामना फिल्म अवार्डलाई पनि अगाडि सार्नुएका उहाँ गत वर्ष मंसिर १५ गते पछिल्लो संस्करणको अवार्ड कार्यक्रम सम्पन्न गरेलगत्तै अस्वस्थ भई ४ महिनाभन्दा बढी अस्पताल बस्न बाध्य हुनुभयो। यति धेरै कलाकर्मीको लागि असंख्य मलामी तयार पारिदिनुभएका उहाँ स्वयंको निधनमा भने कला क्षेत्रबाट औंलामा गन्न सकिने सीमित मलामी देख्दा यो क्षेत्रमा बसिरहनु उचित छ या छैनरु अथवा यो विधाको पत्रकारितालाई निरन्तरता दिऊँ कि नदिउmँ भन्ने प्रश्न यो पंक्तिकारको मनमा उठेको छ।
अर्को प्रश्न पनि सँगै छ– ‘अब मलाई कसले हप्काउँछ पुष्कर सर ?’

प्रतिक्रिया दिनुहोस्