गौतम बुद्ध रंगशालाको निर्माण कार्य स्थगित



काठमाडौं, (नेस)
चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य हाललाई स्थगित गरिएको छ । बुधबार निर्माण हुने रंगशालाको पश्चिमतर्फ स्थानीय समूहले डोजर लगाएर भत्काइदिएको थियो । त्यहाँ तारबार लगाइएको थियो । तर यस कार्य प्रति धुर्मुस सुन्तली फाउन्डेसनले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्य वातावरण, कर्मचारी, कामदारको जीउ ज्यान र भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा बढेको र स्थानीय समाधान र काम गर्ने वातावरण तयार नहुन्जेलसम्म रंगशालाको निर्माण कार्य स्थगित गरिएको जनायो ।

चितवनको भरतपुर महानगरपालिकाको बडा नम्बर १५ स्थित रामपुर शान्तिचोकमा सो रंगशाला निर्माण हुन लागेको हो । नेपाल सरकारको रोहवरमा भरतपुर महानगर र फाउन्डेसनबीच सम्झौता पछि नै सोे रंगशाला बन्ने कार्य अघि बढेको थियो । देशकै गौरव बोकेकोे परियोजना निर्माणमा अवरोध पु¥याएकोमा सो रंगशाला निर्माण परियोजनाअन्तर्गत् खेलकुद समितिका संयोजक दीपक विष्टले प्रेस विज्ञप्तिमार्फत् खेद प्रकट गरेका छन् । उनले यसले परियोजनामै असर हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्