लक्ष्मीलाई सिठ्ठी बजाउँछन्



गायिका लक्ष्मी पुरी प्रधानको नयाँ गीत सिठ्ठी बजाउँछन् सार्वजनिक भएको छ। आधुनिक पप प्याटर्नअन्र्तगत डान्सिङ बिटको गीतमा गायिका लक्ष्मी पुरी प्रधानको स्वर छ भने राम गोपाल आशुतोषको शब्दरचना रहेको छ।

गीतमा देवेन्द्र नेवाको संगीत तथा संगीत संयोजन रहेको छ। गायिका पुरीले यो गीतलाई फरक तरिकाले प्रस्तुत गरेको दाबी गरेकी छिन्। लोकदोहोरीको क्षेत्रमा सबैभन्दा धेरै म्युजिक भिडियो निर्देशन गरेका निर्देशक शंकर बिसीले यो आधुनिक प्याटर्नको गीतको म्युजिक भिडियोे निर्देशन गरेका छन्। शंकर बिसी र करिश्मा ढकालको अभिनय रहेको यस गीतको भिडियो दुर्गा पौडेलले छायांकन गरेका छन् भने नवीन घर्तीमगरको सम्पादन रहेको छ। भिडियो म्युजिक खबरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्