पेरुमा ८ म्याग्निच्युटको शक्तिशाली भूकम्प



ल्याटिन अमेरिकी देश पेरुमा शक्तिशाली भूकम्प गएको छ।

अमेरिकाका जिओलोजिक सर्भेलाई उद्धृत गर्दै आएको समाचारमा भूकम्प ८ म्याग्निच्युटको भएको बताइएको छ।

सर्भेले पहिले ७ दशमलव ५ म्याग्निच्युटका भूम्पक गएको भएको बताए पनि पछि त्यसलाई सच्चाउँदै ८ म्याग्निच्युटको भएको जनाएको छ।

भूकम्पका केन्द्रबिन्दु उत्तर क्षेत्रको राजधानी मोयोबाम्बाबाट १ सय ५ किलोमिटर पूर्वमा भएको बताइएको छ।

भूकम्पको धम्का इक्वेडर, कोलम्बिया, ब्राजिलमा समेत महसुश गरिएको छ । भूकम्पले पु¥याएको क्षतिका बारेमा विवरण आउन बाँकी छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्