आमेश र नीताफेरि सँगै



एक–अर्काबाट टाढिएका नायकनायिका आमेश भण्डारी र नीता ढुंगाना अचानक सँगै देखिएका छन्। यी नायकनायिका एकसाथ एक म्युजिक भिडियोमा देखिएका हुन्।

जितु श्रेष्ठ र अनु अधिकारीद्वारा स्वरबद्व गीत बैमानी बैमानीको म्युजिक भिडियोमा आमेश र नीता जोडी बनेर सँगै देखिएका हुन्।
आमेश र नीता केही समय पहिले प्रेमीप्रेमिका थिए। ३ वर्ष अगाडि यो जोडीको ब्रेकअप भएको थियो। त्यस क्रममा उनीहरूलाई २ फिल्ममा सँगै देखिएको थियो।

नायक भण्डारी स्वयं पनि गीत गाउँछन्। उनले यसअघि आफ्ना गीतको म्युजिक भिडियोमा मात्र अभिनय गर्दै आएका थिए। गीत राम्रो भएको र नीताले समेत अभिनय गर्ने भएपछि पहिलोपटक अरूले गाएको गीतमा अभिनय गरेको आमेशको भनाइ छ।

मिलन सुर्खेतीको संगीत रहेको गीतमा योगेन ढोलीको शब्द रचना रहेको छ। रोशन दाहालको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई बिदुर शिवाकोटीले निर्देशन तथा कोरियोग्राफी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्