सगरमाथाको चुचुरोमा हस्तमैथुन गरेर नेपालीहरूको अपमान गर्नेलाई कारबाही खोई ?



काठमाडौं । विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेकाे समाचार समाजिक सञ्जालमा भाइरल बन्दा समेत यस विषयमा अनुसन्धान हुन सकेकाे छैन ।

अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरेकाे समाचार यतिबेला समाजिक सञ्जालमा भाइरल भएकाे छ ।

ह्युज ए रेक्सहनले विश्वको सर्वोच्च शिखर सगरमाथामा हस्तमैथुन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखेकाे बताइएकाे छ ।

‘आज सगरमाथासँगका सबै कीर्तिमानहरू तोडिँदै गर्दा हामीले पहिलोपटक पृथ्वीको सबैभन्दा उच्च शिखरमा हस्तमैथुन गरेको देखेको छौँ’, करिम शाह निजारीले ट्वीटमा तस्वीर राखेर भनेका छन्, ‘भर्जिन आइल्यान्डका ३६ वर्षीय ह्युज ए रेक्सहनले स्थानीय समयअनुसार ११ः११ बजे बिहान १ सय २० दर्शकहरूको उपस्थितिमा यो उपलब्धि हासिल गरेका हुन् ।’

करिम शाह निजारीले हस्तमैथुन गर्दै गरेको तस्वीर ट्वीटरमा पोस्ट गर्दै ट्वीट गरेका छन् । रेक्सहन बिहीबार सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् ।

सामाजिक सञ्जालमा सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्ने अमेरिकन नागरिक उनीसँगै रहेका साथीहरूलाई कारबाहीको माग समेत गरिएको छ ।

सगरमाथाको चुचुरोमा भगवान गौतम बुद्धको मूर्ति पनि राखिएको पवित्र स्थानमा उट्पट्याङ गर्नेहरूलाई छुट दिन नहुने माग समेत गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्