चन्द्रनिगाहपुरको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त



k|b]z @÷ /f}tx6sf] rGb|lgufxk’/ rf]s l:yt d’Vo ;8sd} hyfefla /f]s]/ /fv]sf] a; . Aojl:yt a; /f]Sg] :yfg gx’bf rGb|lgufxk’/sf] d’Vo rf]s s’?k ag]sf] 5 . tl:j/–lzj k’/L÷sflGtk’/

सञ्जय कार्की, रौतहट
सबारी साधनको चाप रहने चन्द्रनिगाहपुरको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त रहेको छ । पुर्ब पश्चिम लोकमार्ग र सदरमुकाम गौर जाने उत्तर दक्षिण मार्ग संग जोडिएको चन्द्रनिगाहपुरको मुख्य चौकनै ट्राफिक ब्यबस्थापन कमजोर हुदा दुर्घटनाको खतरा बढेर गएको छ ।

जथाभाबी र दोहोरो पार्किङ्ग भैरहदा समेत ट्राफिक प्रहरी मुकदर्शक बनेपछि ब्यबस्थापन कमजोर भएको हो । चन्द्रनिगाहपुरको अलावा गरुडा बजार, शीबनगर र गौर लगायतका शहरी क्षेत्रमा समेत सबारी साधनको जथाभाबी पार्किङ्ग हुने गरेको छ । तर सबारी साधनको ब्यबस्थापन गर्नुको बदला एकान्तस्थलमा भने चेकिङ्ग भने ट्राफिक प्रहरीले गर्दै आएको छ ।

चन्द्रनिगाहपुरको ट्राफिक ब्यबस्थापन सुधार्नको लागि चन्द्रपुर नगरपालिका, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नागरिक समाज र संचारकर्मीको संयुक्त बैठकले एक बर्ष अघि मुख्यचौकमा पार्किङ्ग निषेध गर्ने निर्णय गरेको भए पनि अहिले आएर जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरिक्षक बिजय श्रेष्ठले एकलौटी सो निर्णय उल्टाउदै मुख्य चौकमानै सबारी साधनको पार्किङ्ग गर्न आदेश गरेपछि जथाभाबी र दोहोरो पार्किङ्ग हुन थालेको हो ।

ट्राफिक प्रहरी निरिक्षक श्रेष्ठले निर्णय उल्टाएसंगैै यस्लाई स्थानीयले अर्थपुर्ण तरिकाले हेरेका छन । सो क्षेत्रमा ठेला गाडा, मयुरी, ईरिक्सा, अटो समेत जथाभाबी रोकिदा फोहोर समेत उठन कठिनाई भएको छ । साना तथा ठुला सवारी साधनहरु मुख्य राजमार्गको छेउछाउमा अब्यबस्थीत तरिकाले पार्किङ हुनु र फुटपाथे खुद्रा पसलहरु बाटोको छेउछाउमा राखी पसल सञ्चालनसंगै बजारको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त हुन थालेका हो ।

चन्द्रनिगाहपुर बाट सञ्चालन हुने अटो रिक्सा, टाटासुमो, म्याजिक तथा ई क्सिा को संख्यामा अत्याधिक बृद्धि तथा अब्यबस्थित पार्किङ संगै ट्राफिक ब्यबस्थापन अस्तब्यस्त देखीए पछि शहरको सौन्दर्यतामानै हस आएको छ ।

प्रतिक्रिया दिनुहोस्