अमेरिकाले साउदी अरेबियालाई अर्बौं डलरको हतियार दिने



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सायदी अरेवियालाई अर्वौं डलर वरावरको हतियार बिक्रिका लागि अनुमोदन गरेका छन् । साउदी माथि अमेरिकाको शत्रु राष्ट्र इरानबाट खतरा रहको भन्द ैयो कदम चालिएको हो । ट्रम्पले कंग्रेसलाई वाइपास गर्दै ८ अर्व अमेरिकी डलर वरावरको यस हतियार समझौता अनुमोदन गर्न विरलै रुपमा प्रयोग गरिने विशेष संघिय कानुनलाई ब्युँताएका हुन् । उनले इरानसंग हाल जारी रहेको तनावले राष्ट्रिय संकटकालकै स्थिती सिर्जना भएको प्रतिक्रिया पनि दिएका छन् ।

ति अत्याधुनिक आम विनाशकारी हातहतियार सोदीको नेतृतवमा रहेको फौजले यमनका सर्वसाधारण जनता माथि प्रयोग हुनसक्ने डरले केहिले यस कदमको कडा शब्दमा विरोध जनाएका छन् । केहि डेमोक्रेटहरुले खतरनाक निदेर्शित बमहरु सहितका यि हतियार बिक्रिको क्यापिटल हिलमा कडा आलोचना हुनसक्ने कारण ट्रम्पले कंग्रेसले वाइपास गरेको आरेप लगाएका छन् ।

अमेरिकाले यस्ता अत्याधुनिक केहि हतियार संयुक्त अरव इमिरिटेस र जोर्डानलाई पनि बिmित्र गर्न लागेको बताइएको छ । अमेरिकी कंग्रेसका सदस्यहरुले लामो समय देखि यमनको द्वन्द्वमा रहेको साउदीको भुमिका र साउदीको मानवअधिकार सम्बन्धी अभिलेखलाई लिएर कडा शब्दमा भत्सर्ना गर्दै आएका छन् । तिनीहरुले गतवर्षको अकटोवरमा टर्कीको इस्तानवुल स्थित साउदी दुतावासमा साउदी पत्रकार जमाल खसोगीको हत्याको पनि निकै विरोध गरेका थिए ।

शुक्रवार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सरकारको हतियार बेच्ने निर्णयबारे औपचारिक जानकारी गराएका थिए । विदेश मामिला समितीका सदस्य समेत रहेका डेमोक्रेटिक सिनेटर रोवर्ट मेनेन्डेजले ट्रम्पले अधिनायकवादी राष्ट्रहरुलाई सहयोग र समर्थन गरिरहेको आरोप लगाएका छन् ।

यसैबिच अमेरिकाको एकजना संघिय न्यायधिशले अमेरिका र मेक्सिको बिचको सिमा क्षेत्रमा पर्खाल निर्माणका लागि रक्षा विभागलाई बजेट नदिन अस्थायी रुपमा रोक आदेश जारी गराएका छन् । कंग्रेसले अझै अनुमोदन नगरेको भन्दै ति न्यायधिशले एरिजोना र टेक्ससामा पर्खाल निर्माणका लागि एक अर्व अमेरिकी डलर रोकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्