ऐश्वर्या खलभूमिकामा !



बलिउड नायिका ऐश्वर्या राय केही समयदेखि अभिनयबाट टाढा छिन्। बलिउड नगरीमा धेरै समयदेखि उनी निर्देशक मणिरत्नमको फिल्ममा काम गर्ने चर्चा चलिरहेको थियो।

एक समाचारअनुसार ऐश्वर्या उक्त फिल्ममा नायिका नभई एक खलपात्रको भूमिकामा देखिने छिन्। पुनियिन सेल्वन नामको उक्त फिल्म यही नाममा लेखिएको तामिल उपन्यासमा आधारित हुनेछ। फिल्ममा ऐश्वर्या चोला वंशका राजा पेरिया पेजुवेटिटयाररकी रानी नन्दिनीको भूमिकामा हुनेछिन्।

जहाँ उनी एक सत्तालोलुप रानी, जो षड्यन्त्र रचेर आफ्नो पतीलाई चोला वशंको नाश गर्न प्रेरित गर्छिन्। कल्की कृष्णमूर्तिद्वारा लिखित २०औं शताब्दीको चर्चित यो तामिल ऐतिहासिक उपन्यास निकै चर्चित छ।

प्रतिक्रिया दिनुहोस्