मे ३० मा शपथ लिँदै भारतीय प्रधानमन्त्री मोदी



काठमाडौं। लोकसभा चुनावमा चण्ड मतसहित नयाँ रेकर्ड बनाउँदै भाजपा फेरि सत्तामा जाने पक्का भएको छ । भारतीय मिडियाले जनाएअनुसार नरेन्द्र मोदीले अंग्रेजी मिति ३० मे २०१९ का दिन प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोका कार्यकालका लागि सपथ लिने छन् ।

प्रचण्ड जित लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहले पार्टी वरिष्ठ नेता लालकृष्ण आडवाणीलाई भेटी आशीर्वाद लिएका छन् । आर्शिवाद लिनको लागि दुवै नेता लालकृष्ण आडवाणीको घर पुगेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आडवाणीसँगको भेटपछाडि ट्वीट गर्दै आणवाडीले देखाएको बाटोमा निष्ठापूर्वक हिंड्ने बताएका छन् ।
कुनै बेला पार्टीका सबैभन्दा शक्तिशाली नेतामा रुपमा रहेका आडवाणी पछिल्लो समय पुरै राजनीतिबाट निस्क्रिय छन् । उनी पछिल्लो लोकसभा निर्वाचनमा सामेल भएनन् ।

प्रतिक्रिया दिनुहोस्