तालिवान लडाकूको रिहाईप्रति अमेरिकी विदेशमन्त्री आक्रोसित



वासिंगटन, (एजेन्सी)
जोहन वाकर लिन्ध उर्फ ’ अमेरिकन तालिवान ’ लाई कारागार मुक्त गरिएको विषयलाई लिएर अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले यो विवेकहीन कार्य भएको प्रतिक्रिया दिएका छन्। सन् २००१ मा अफगानिस्तानमा युद्धको क्रममा पक्राउ गरिएका लिन्धले तोकिएको २० वर्ष लामो कावास सँजायमध्ये १७ वर्ष पूरा गरिसकेको अमेरिकी सञ्चार माध्यमले जनाएको छ।

उनलाई यसरी चाँडै रिहा गरिएकोमा थुप्रै क्षेत्रबाट आलोचना हुन थालेका छन्। अधिकांश व्यक्तिले लिन्धले अहिले पनि अतिवादी विचारधारा बोक्ने गरेको दावी गरेका छन्। बिहीबार फोक्स न्युजलाई अन्तर्वार्ता दिने क्रममा पोम्पियोले भनेका छन्–‘यो निर्णय समस्याग्रस्त र गलत छ।’
लिन्ध अझै पनि संयुक्त राज्य अमेरिकाका लागि खतरनाक रहेका छन्।

उनी अहिले पनि पहिले जस्तै जिहादका लागि मरिहत्ते गर्ने खालका छन्।’ उनका वकिल बिल कमिंग्सले अब लिन्ध भर्जिनियातर्फ गएर आफूलाई परीक्षणकालमा राख्ने अधिकारीको निगरानी र निर्देशनमा जीवन बिताउन सक्ने बताएका छन्।

सन् १९८१ मा अमेरिकाको राजधानी वासिंगटन डिसीमा जन्मेका ल्निधको नामाकरण चर्चित सांगीतिक समूह विटल्सका गायक जोह्न लेननबाट सापट लिइएको थियो। उनी क्याथोलिक क्रिस्चियनको रूपमा हुर्केका थिए। उनले १६ वर्षको उमेरमा पढाइ छाडेर इस्लाम धर्म ग्रहण गरेका थिए।

त्यसको एक वर्षपछि उनी अरबी भाषा सिक्नका लागि यमनतर्फ गएका थिए। सन् २००० मा अध्ययनका लागि पाकिस्तान पुगेका उनी अन्ततः २००१ को मे महिनामा तालिवान लडाकूमा भर्ती हुन अफगानिस्तान पुगेका थिए।

सन् २००१ को ११ सेप्टेम्बरमा विन लादेनको नेतृत्वमा रहेको अलकायदाका लाडकूहरुले अमेरिकाका विभिन्न स्थानमा आतंककारी तथा आत्मघाती आक्रमण गरेपछि तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको विश्वव्यापि रूपमा आतंकवादको अन्त्य गर्ने अभियानअन्तर्गत अमेरिकी फौजले अपगानिस्तानमा हमला गरेको केही समयपछि नै उनी पक्राउमा परेका थिए।

तर सन् २००२ मा अदमलतमा आफूलाई संजाय सुनाइँदै गर्दा लिन्धले भनेका थिए, ‘त्यतिबेला नै मैले तालिवानको बारे धेरै जानेको भए त्यो समूहमा कहिल्यै पनि प्रवेश गर्ने थिइनँ। ’

गत वर्षको मार्चमा मात्र लिन्धले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा कारगारमुक्त हुनासाथ आफू पुनः हिंसात्मक अतिवादी इस्लाम फैलाउनमा व्यस्त रहने बताएका थिए। सन् २०१७ मा विदेश नीति पत्रिकामा प्रकासित अमेरिकी सरकारी दस्तावजेमा लिन्धले विश्वव्यापी जिहादको वकालत गर्दै हिंसात्मक अतिवादी लेख तथा पुस्तकहरु लेख्ने र अनुवाद गर्ने गरेको उल्लेख गरिएको थियो। उनको यस रिहाइसंगै कारगारबाट छुटेपछि यस्ता कैदीहरुले अमेरिकामा कसरी पुनजीर्विन शुरू गर्ने हो भन्नेबारे बहश शुरू हुन थालेको छ।

हालै मात्र पनि एटलानिटक पत्रिकाका पत्रकार ग्रायमे वुडले लिन्ध आफ्नो गतिविधिप्रति पश्चताप गर्ने खालकका नभएको बताएका छन्। सिनेटरद्वय डेमोक्रेट रिचर्ड सेल्वी र रिपब्लिकन म्यागी हस्सनले संघीय कारागार आयोगलाई यस्तो मुद्दालाई कसरी सम्हाल्ने भन्ने प्रशनसहितका पत्र पठाएका छन्।

प्रतिक्रिया दिनुहोस्