सवारी दुर्घटनामा २ जनाको मृत्यु



काठमाडौं ।
मोरङ र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामध्ये मोरङ सुन्दरहरैचा १० खोर्साने केराबारीस्थित सडकमा को १ ख ४३५५ नम्बरको टिपरले को।५ प ५५०० नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार केराबारी गाउँपालिका(९ बस्ने ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बाँके कोहलपुर नगरपालिका ११ साझाचोकस्थित सडकमा भे १ त ६४६९ नम्बरको ट्याक्टरमा भे।४।प।७३२९ नम्बरको मोटरसाइकल बिहीबार बिहान ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका(८ बस्ने ६० वर्षीय खडग बहादुर घर्तिमगरको मेडीकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका खडग बहादुरको श्रीमती ५५ वर्षीया श्यामकली घर्तिमगरको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्