भारतीय लोकसभा चुनावः कलाकार शनि देवललाई ५० हजारको अग्रता



नेपाल समाचारपत्र, सात चरणमा सम्पन्न भएको भारतीय लोकसभा चुनावको मतगणना जारी छ । हालसम्मको प्रारम्भीक मतपरिणामका अनुसार भारतीय जनता पार्टी सबैभन्दा अगाडी देखिएको छ ।

त्यसैगरी पूर्व बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका उम्मेदवार शनि देवल पनि मतगणना चलिरहँदा निकै अगाडि देखिएका छन् ।

पञ्जाबको गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका शनि देवल निकटमत प्रतिद्वन्द्वी भारतीय कांग्रेसका सुनिल जखारभन्दा झण्डै ५० हजार बढी मतले अगाडि छन् ।

ताजा मतगणना अनुसार, शनिले २ लाख ५६ हजार ८ सय ७१ मत प्राप्त गर्दा सुनिलले दुई लाख ७ हजार ६ सय ८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्