श्वेतालाईअर्को स्वास्थ्य समस्या, पिरोल्यो पक्षघातले



नायिका तथा निर्मात्री श्वेता खड्काको स्वास्थ्यमा समस्यामाथि समस्या थपिएको छ।केही दिनअघि मात्र भारतबाट गर्धनको ट्युमरको शल्यक्रिया गरेर नेपाल फर्केकी खड्कालाई ट्युमरको अप्रेसनपश्चात् पक्षघातको समस्या भएको छ।

देब्रे गर्धनमा देखिएको ट्युमरको दिल्लीस्थित बीएलके सुपर स्पेसियालिटी अस्पतालमा सफल शल्यक्रियापश्चात् उनी नेपाल फर्केकी थिइन्। नेपाल फर्केपछि पहिलो पटक फिल्म जात्रैजात्रा हेर्नका लागि सार्वजनिकरूपमा निस्किँदा आफँलाई पक्षघातको समस्या भएको र आराम गर्नुपर्ने तथा फिजियोथेरापी उपचार पद्धतिबाट उपचार गराइरहेको उनले बताएकी छिन्।

फिल्म हेल्लो जिन्दगीको शुटिङका लागि लन्डनमा रहँदा उनको गर्धन र चिउँडोमा अचानक दुखाइ शुरू भएको र ज्वरो आएपछि डाक्टरको सल्लाहमा दिल्ली गएकी उनले आफ्नो फेसबुक स्ट्याटसमार्फत जानकारी दिएकी थिइन्। ‘मेरो दोस्रो जीवन’ भन्दै लेखेको स्ट्याटसमा डा. सुरेन्द्रकुमार दबासले रोबोटिक सर्जरी गरेको र नेपालबाट डा. पंकजको समन्वयमा शल्यक्रिया भएको जानकारी गराएकी छिन्।

यस घटनापछि जीवन दुर्भाग्यपँर्ण भएको, जिन्दगीले मानिसलाई कहाँ पु¥याउँछ र कुन बेला के हुन्छ थाहा हँुदैन भन्ने कुरा सिकेको श्वेताले बताएकी छिन्। आफँलाई ठीक हुन तीन महिनादेखि १ वर्ष वा जति पनि लाग्न सक्ने श्वेताले बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्