टीभीएसको एक्सचेन्ज जात्रा



काठमाडौं, (नेस)
नेपालको लागि टीभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक्स्चेञ्ज योजनाअन्तर्गत टीभीएस एक्सचेन्ज जात्रा सञ्चालन गरेको छ ।
जेठ ७ गतेदेखि जेठ ११ गतेसम्म जावलाखेल चोकमा सञ्चालन भइरहेको यस योजनामा ग्राहकले आफूस“ग कुनै पनि अवस्थामा भएको कुनै पनि ब्रान्डको मोटरसाइकल तथा स्कूटरको सट्टामा नया“ टीभीएस मोटरसाइकल तथा स्कूटर एक्सचेन्ज गर्न सक्नेछन् ।

यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नया“ टीभीएस मोटरसाइकल रोज्ने विकल्प प्राप्त गर्नेछन् । जसअनुसार पहिलो ग्राहकले आफूस“ग भएको जुनै अवस्थाको मोटरसाइकलको न्यूनतम ग्यारेन्टी मूल्य २५ हजार रुपिया“ प्राप्त गर्नेछ, त्यस्तै दोस्रो एक स्योर सट् स्क्रयाच कुपनबाट कम्तीमा १० हजारदेखि बढीमा १ एक लाख रुपिया“सम्मको पक्का नगद छुट प्राप्त गर्ने र तेस्रो शून्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्ने रहेका छन् । यसका अतिरिक्त टीभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाइकल कभर र ब्याग उपहार पनि प्राप्त गर्नेछन् ।

योजनाका सम्बन्धमा जानकारी दिं“दै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भन्नुभयो–‘यो योजनाको मुख्य उद्देश्य भनेकै हाम्रा आदरणीय ग्राहकलाई पुरानो मोटरसाइकल तथा स्कूटरबाट छुट्कारा दिलाई टीभीएसका नवीन डिजाइन र प्रविधिका मोटरसाइकल तथा स्कूटरहरुको सवार गराउनु हो । यसैकारणले हामीले ग्राहकलाई विशिष्ट सुविधा समेत यस योजनामा उपलब्ध गराएका छौं । आशा छ, टीभीएस टु ह्वीलरमा रुची राख्नु हुने ग्राहकहरुले यो सुनौलो अवसरको लाभ उठाउनु हुने नै छ ।’

प्रतिक्रिया दिनुहोस्