१३ हजारको लोभमा साथीको हत्या, चार पक्राउ



यमलाल भुसाल, बुटवल ।
पैसाको लोभमा आफ्नै साथीहरुबाट कपिलबस्तुका एक जनाको रुपन्देहीमा ल्याई हत्या भएको छ । कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. ६ का २७ वर्षीय चिरञ्जिवी आचार्यको गत सोमबार रुपन्देहीको सालझण्डी जंगलमा हत्या गरि फालिएको अवस्थामा शव भेटिएको थियो । प्रहरीको अनुसन्धानले मृतक आचार्यको साथमा रहेको १३ हजार रुपैंयाको लोभमा आफ्नै साथिहरुले हत्या गरि रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० सीतलापुर जंगलमा शव फालेका भेटिएको हो ।

आचार्यलाई हत्या गरी फालेको अभियोगमा प्रहरीले सोही गाउँका हत्या योजनाकार ३३ वर्षीय रमेश बिक, २० वर्षीय राजु बिक, २८ वर्षीय गोपाल खनाल र २४ वर्षीय बसन्त खत्रीलाई पक्राउ गरेको छ ।

आचार्य सहित पक्राउ परेको ५ जनाले ४ जेठ २०७६ मा कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नं. ६ लक्ष्मणघाट स्थित एक रेष्टुरेन्टमा मदिरा पान गरेका थियो । सोही क्रममा आचार्यको मोवाईल हराएपछि विवाद सुरु भएको थियो । विवादले उग्र रुप लिएपछि आपसमा कुटाकुट समेत भएको थियो । कुटाकुटका कारण पक्राउ परेका गोपालको टाउकोमा चोट समेत लागेको छ ।

आचार्यसंग १३ हजार रुपैंया रहेको हत्या योजनाकारलाई थाहा भएको र आफूहरुसंग झगडासमेत गरेकाले उसलाई हत्यागरी उक्त रकम हातपार्ने योजनना बनाएको प्रहरीको अनुसन्धानले पत्ता लगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक हृदय थापाले बताउनु भयो ।

मदिरा पान गर्ने क्रममा भएको झगडा र आचार्यलाई हत्या गर्ने योजना मुताविक रमेश बिक र राजु बिकले मृतक आचार्यकै मोटरसाईकलमा तीनजना बसी सैनामैनाको सीतापुर जंगलमा ल्याएर मदिराले लठ्ठीएका आचार्यलाई ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या पश्चात आचार्यको मोटरसाईकल बाणगंगा १ खायरखानी जंगलमा लगेर फालेका थिए ।

पक्राउ गरेका चारैजना उपर प्रहरीले कर्तव्य ज्यान मुद्धामा थप अनुसन्धान अंगाडी बढाएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताउनु भयो ।

फोटो पनि छ । ईलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलनगरि हत्या अभियोगमा पक्राउ परेकालाई सार्वजनी गदैं ।

प्रतिक्रिया दिनुहोस्