वेस्ट इन्डिज पहिलो विश्वकप विजेता



लन्डन, (एजेन्सी)
आईसीसी क्रिकेट विश्वकप पहिलो पटक सन् १९७५ मा आयोजना भएको थियो। इंग्लयान्डमा भएको पहिलो विश्वकप ट्रफी वेस्ट इन्डिजले हात पारेको थियो। प्रतियोगितामा इंग्ल्यान्ड, न्युजिल्यान्ड, भारत, पूर्वी अफ्रीका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंका गरी ८ टोलीले सहभागिता जनाएका थिए। सो प्रतियोगितामा प्रत्येक टोलीले ६० ओभर फयाँक्ने प्रावधान रहेको थियो।
यी आठ टोलीलाई ४÷४ टोली गरी दुई समूहमा विभाजित गरिएका थिए। शीर्ष दुई टोली सेमिफाइनलमा पुगेका थिए। पहिलो सेमिफाइनल खेल इंग्ल्यान्ड र अस्टे«लियाबीच भएका थियो। यो खेलमा बायाँ हाते स्विंग बलर गेरी गिलमोर चम्केका थिए। उनले १४ रन खर्चेर ६ विकेट लिँदा घरेलु टोली इंग्ल्यान्ड ९३ रनमा समेटिएको थियो। जवाफमा इंग्लयान्डले सानदार बलिङ गर्दै अस्टे«लियालाई ६ विकेटको क्षेतिमा ३९ रनमा पु¥याएको थियो। तर गिलमोर क्रिजमा आएपछि अस्टे«लियाले सो खेल ४ विकेटले जितेको थियो। उनी जीवन दान पाएर २८ रनमा नटआउट भएका थिए।

दोस्रो सेमिफाइनल खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ५ विकेटले हराएर फाइनल पुग्दा २० ओभर त खेल्नै बाँकी थियो। न्युजिल्यान्डले १ सय ५८ रनको योगफल बनाएको थियो। जसमा जेओफ होवार्थको ५१ रन सर्वाधिक योगदान थियो। वेस्ट इन्डिजबाट गर्डोन ग्रीनीज र अल्भीन कालीचरणले समान अर्धसतक प्रहार गर्दा दोस्रो विकेटका लागि १ सय २५ रन जोडेका थिए। तर १ सय ५१ रनमा पाँच विकेट न्युजिल्यान्डले निकाले पनि त्यतिबेलासम्म ढिलो भइसकेको थियो। वेस्ट इन्डिजले जित हात पारेको थियो।

लर्डस्मा भएको फाइनल खेलमा वेस्ट इन्डिजले अस्टे«लियालाई १७ रनले हराएर पहिलो विश्व विजेता बन्यो। यो विश्वकप इतिहासमा सबैभन्दा थ्रिलर फाइनल खेल मानिएको छ। विन्डीजका कप्तान क्लाइभ लोएड स्टार खेलाडी घोषित भएका थिए। ५०÷३ को स्थितिबाट उनले टोलीलाई उकास्न ८५ बलमै शतक प्रहार गरेका थिए। त्यस्तै रोहन कन्हाइले अर्धसतक प्रहार गरेका थिए। योसँगै वेस्ट इन्डिज २०९÷६ बाट २९१÷८ को बलियो योगफलमा पुगेको थियो। अस्टे«लियाका गेरी गिलमोरले सेमिफाइनलमा झै घातक बलिङ गर्दै ५ विकेट लिएका थिए।

जवाफमा अस्टे«लिया २३९÷९ को कमजोर स्थितिमा रहेपनि जेफ थोम्सन र डेनीस लिलीले अन्तिम विकेटका लागि सानदार ब्याटिङ गरेका थिए। उनीहरुले आफ्नो टोली अस्टे«लियालाई जितको आसमा राखे। तर अस्टे«लिया २ सय ७४ रनमा समेटिएपछि शानदार फाइनलको अन्त्य भयो। अस्टे«लियाका लागि इयान च्यापेलले सर्वाधिक ६२ रन जोडेका थिए।

प्रतिक्रिया दिनुहोस्