माला मेरी कोमसँग पराजित



काठमाडौं, (नेस)
नेपालकी माला राई दोस्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत ६ पटक की विश्व विजेता मेरी कोमसँग पराजित भएकी छन्।
मंगलबार भारतको गुवाहाटी स्थित नविनचन्द्र बोर्ड इन्डोर स्टेडियममा भएको ५१ केजीतौल समुहमा माला पराजित भएकी हुन्। माला भारतकी मेरीसँग युनिनमस नतिजाको आधारमा ५–० अंकले हारिन्। खेल समय भर निकै उत्कृष्ट प्रदर्शन गरेकी उनले जित भने निकाल्न सकिनन्।

मेरी अघिल्लो संस्करणकी स्वर्ण विजेता पनि हुन्। इन्डियन बक्सिङ फेरेडेसनले आयोजना गरेको प्रतियोगितामा ११ जना नेपाली खेलाडीले भाग लिएका छन्। जस मध्य चार खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्