पदक विजेता प्रहरीका खेलाडी पुरस्कृत



नेपाल समाचारपत्र, काठमाडौं
लै नेपालगन्जमा समाप्त भएको ँबृहत आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५” मा पदक विजेता नेपाल प्रहरीका खेलाडी तथा पदाधिकारीलाई नगद पुरस्कार प्रदान गरिएको छ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित समारोहमा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई नगद पुरस्कार वितरण गर्नुभयो। राष्ट्रिय खेलकुदको सन्दर्भमा नेपाल प्रहरीका कर्मठ अग्रज एवं वर्तमान खेलाडीहरुको ठूलो योगदान रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले राष्ट्रिय र अन्तर्रा्ष्ट्रियस्तरका प्रतियोगितामा प्रहरी संगठनको प्रतिनिधित्व गर्दै विभिन्न पदक जितेर राष्ट्रिय सम्मान बढाउन संगठनमा आवद्ध खेलाडीहरुको योगदान अतुलनीय रहेको बताउनुभयो।
२०७५ चैत्र २७ गतेदेखि २०७६ वैशाख ११ गतेसम्म प्रदेश ५ का विभिन्न जिल्ला तथा ललितपुरमा संचालित उक्त प्रतियोगितामा नेपाल प्रहरीले ५९ स्वर्ण, ५० रजत र ४५ कास्य गरी जम्मा १ सय ५४ पदक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको थियो। विजेता खेलाडीहरुलाई सम्मान स्वरूप नेपाल प्रहरी खेलकुद समितिबाट स्वर्ण पदक विजेतालाई ५ हजार रूपैयाँ, रजत पदक विजेतालाई ३ हजार रूपैयाँ र कास्य पदक विजेतालाई २ हजार रूपैयाँ प्रदान गरियो। विभिन्न खेलमा राष्ट्रिय किर्तिमान राख्न सफल १५ जना खेलाडीहरुलाई जनही थप नगद ३ हजार रूपैयाँ प्रदान गरिएको छ। आठौँ राष्ट्रिय खेलकुदमा २ हजार ६ सय ८८ पदको लागि नेपाल प्रहरीकोतर्फबाट २४ खेलमा २ सय १७ पुरुष, १ सय ५२ महिला र ८७ जना पदाधिकारी गरी कूल ४ सय ५६ जनाले सहभागी रहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्