दशैंलाई रातो टीका बनाइँदै



दशैं आउन अभैm महिनौं बाँकी छ। असोज महिनामा पर्ने दशैंका लागि अहिले नै रातो टीका बनाइँदै छ।
यो रातो टीका फिल्ममा हुनेछ। निर्माता, निर्देशक तथा अभिनेता अशोक शर्माले लामो समयपछि निर्माण र निर्देशन गरेको पछिल्लो फिल्म जय भोलेको सफलतापछि रातो टीका निधारमा नामक फिल्म बनाउन लागेका हुन्। शर्माले आप्mनो सुपरहिट फिल्म अल्लारेको हिट गीत रातो टीका निधारमाबाट फिल्मको नाम जुराएका हुन्। उनले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी यो फिल्म निर्माणको घोषणा गरेका हुन्। शर्माकै लेखन र निर्देशन रहने फिल्ममा शर्माले आप्mना पुत्र अंतिक शर्मालाई नायकका रूपमा डेब्यु गराउने भएका छन्।

आउँदो शुक्रबार सुटिङ प्mलोरमा जाने फिल्ममा उनका पुत्र अंकितसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, रवीन्द्र झा, शिवहरि पौडेल, वसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतका कलाकार मुख्य भूमिकामा हुनेछन्। फिल्ममा अंकित र साम्राज्ञी जोडीका रूपमा देखिनेछन्। नीता पनि अंकितकै जोडीका रूपमा देखिनेछिन्। फिल्ममा साम्राज्ञी पहिलोपटक गाउँले युवतीको भूमिकामा देखिने छिन्। यसअघि उनी शहरीया र आधुनिक युवतीको भूमिकामा देखिँदै आएकी थिइन्। फिल्म आगामी दशैंमा रिलिज गरिने शर्माले बताए।

किरण शर्मा र कृति शर्माको निर्माणमा निर्माणाधीन फिल्ममा शम्भुजित बासकोटा र कल्याण सिंहको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहनेछ।

प्रतिक्रिया दिनुहोस्