‘५० लाख दिनुस् ओलीलाई मार्दिन्छु’ भन्दै हिँड्ने व्यक्ती समातिए



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ नाम गरेका एक व्यक्तीले सामाजिक सञ्जाल फेसबुकमा नेपाली खबर नामक वेवसाइटमा शेयर गरिएको एउटा कन्टेन्टमा प्रधानमन्त्रीलाई भेटे मार्दिन्छु भनी कमेन्ट गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार उनले केही दिनअघि गरेको कमेन्टको विषयलाई लिएर पक्राउ गरिएको छ । ‘५० करोड दिनुस् म मोदीलाई मारी दिन्छु’ भनेर प्रकाशित सामग्रीमा सलिम यान्जन तामाङ भाइ नामक आइडीबाट उनले ‘५० लाख दिनुस् ओलीलाई मार्दिन्छु’ भनेका थिए ।

सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश राखेर सर्वसाधारणमा भ्रम र त्रास फैलाउन खाजेको आरोपममा उनीविरुद्ध साइबर अपराध कसुर अन्तरगत मुद्दा चलाउने तयारी थालीएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्