ब्याडमिन्टन टोली चीन प्रस्थान



काठमाडौं, (नेस)
टोटल बीडब्ल्युएफ सुदिरमान कप ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली शुक्रबार चीनको नान्जिङ प्रस्थान गरेको छ ।

मे १९ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा रत्नजित तामाङ र दिपेश धामी तथा महिलामा नङशलदेवी तामाङ र अमिता गिरी रहेका छन् ।

प्रशिक्षकमा उत्तम सिम्खडा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष अनोज बस्नेत छन् । प्रतियोगितामा दक्षिण एसियाका ३ सहित २१ राष्ट्रको सहभागिता रहने ब्याडमिन्टन संघले जनाएको छ । दक्षिण एसियाबाट नेपालसहित भारत र श्रीलंकाको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्