एशिया कपमा नेपालको दोस्रो हार



काठमाडौं, (नेस)
कीर्तिपुरमा जारी ह्वीलचेयर एशिया कप टी २० क्रिकेट प्रतियोगितामा आयोजक राष्ट्र नेपालले दोस्रो हार बेहोरेको छ ।

त्रिवि मैदानमा बिहीबार भएको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले हारेको हो । यो नेपालको लगातार दोस्रो हार हो । नेपालले पहिले ब्याटिङ गरेर १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । टोलीका लागि कप्तान दिगम सिंह चेम्जोङले ३५ रनको योगदान दिए भने अर्का ओपनर होमनाथ राईले ३६ रन जोडेका थिए । त्यस्तै डम्बर मगरले १९ रन र विष्णु पुकार श्रेष्ठले १६ रन बनाए । अन्य भने दोहोरो अंकमा पुग्न सकेनन् । बंगलादेशका बलरमा मुहम्मद मोहीदुल इस्लामले तीन विकेट लिएका थिए । उनी म्यान अफ द म्याच घोषित भएका थिए ।

जवाफमा बंगलादेशले २ विकेट गुमाएर ९ बल बाँकी राखेर लक्ष्य भेटाएको थियो । जसमा मुहम्मद रिपोन उडीनले अर्धसतक प्रहार गरे । म्यान अफ द म्याच बनेका उनले १० चौकासहित ५० रन बनाएका थिए । त्यस्तै जावेद अहमदले ३८ रन र सज्जाद हुसेनले ३१ रनको योगदान दिएका थिए ।

पहिलो विकेटका लागि यी दुई ब्याटसम्यानले ६८ रन जोडेका थिए । कप्तान दिगमले सज्जादलाई एलबीब्ल्युको शिकार बनाएर आउट गरेका थिए । सुपर राईले जावेदलाई आउट गरेका थिए । तर तेस्रो विकेटका लागि उदीन र मुहम्मद आसिफ हुसेनल(१३ रन) ले ५७ रनको साझेदारी गरेपछि नेपालको जित्ने आसा टुहिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्