व्यवसायी हितका लागि एकता आवश्यक



यमलाल भुसाल, बुटवल ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ ।
समितिले बिहीबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

सोही कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन राना भाटले यातायात व्यवसायी र संस्थाको हितका लागि व्यवसायीक एकता आवश्यक रहेको औलाउनु भयो ।

उहांले मालवाहक सवारी सधानमा सेन्डिकेट नभएको कुरा राज्यले बुझी सकेकाले यातायात व्यवसायीका संस्थाहरु साविक सरह सञ्चालन हुने बताउनु भयो । राज्यले यातायात व्यवसायीहरुका संस्था खारेज गर्न कूनै तयारी नगरेको भन्दै उहांले यातायात व्यवसायीहरुका संस्था यातायात समितिकै रुपमा सञ्चालनमा रहने बताउनुभयो । उहांले समितिद्वारा स्थापित छात्रवृत्ति अक्षय कोषलाई निरन्तरता दिन र कोषवृद्विमा ध्यान पुराउन आग्रह गर्नुभयो ।

समितिका पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठले स्थापना दिवसमा सामाजिक क्षेत्रमा काम गर्न समितिलाई आग्रह गर्नुभयो ।
समितिका अध्यक्ष यमप्रसाद पाण्डेले संस्थालाई नमुनाका रुपमा अगाडी बढाउने र संस्थाका संस्थापक तथा अग्रजहरुको सहयोग लिएर आफु अगाडी बढ्ने प्रतिवद्वता जनाउनुभयो ।

अध्यक्ष पाण्डेले छात्रवृत्ति अक्षयकोषलाई वृद्वि गर्दै वितरण प्रणालीलाई पारदर्शी बनाईले बताउनुभयो ।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की, महासचिव जितबहादुर भाटले व्यवसायीहरुको एकतामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्