अन्तर्राष्ट्रिय कलाकार मञ्चमा पुनः खनाल



अमेरिकी नियम कानुनअनुसार अमेरिकामा दर्ता भई संसारका कयौं देशमा शाखा विस्तार गरेर गीत संगीत, कला, साहित्य र लोक संस्कृतिका लागि दश वर्षअघि स्थापित नेपाली कलाकारको अन्तर्राष्ट्रिय स्वतन्त्र संगठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति पुनर्गठन गरिएको छ।

पुनर्गठित केन्द्रीय कार्य समितिमा लोक तथा दोहोरी गायक, साहित्यकार एवं पत्रकार रामप्रसाद खनाल सर्वसम्मतरूपमा केन्द्रीय अध्यक्षमा चयन भएका छन्। नेपाल शाखाको अध्यक्ष रहेका हास्य कलाकार शिवहरि पौड्याल, अभिनेता गणेश उप्रेती, अभिनेत्रीहरु जल शाह, सारंगा श्रेष्ठ र पूजा चन्द उपाध्यक्षमा चयन भएका छन् भने फिल्म निर्देशक सुरेश दर्पण पोखरेल महासचिव र गीतकार एवं साहित्यकार प्रकाश नेपाल सचिवमा चयन भएका छन्।

यसै गरी कोषाध्यक्षमा भूपनारायण घर्तीमगर तथा बोर्ड अफ डाइरेक्टरमा गायिका देविका वन्दना, फिल्म निर्देशक सूर्य बोहरा, कोरियोग्राफर नवीन केसी, लुना श्रेष्ठ, अनुपमा प्रसाईं, विक्रान्त बस्नेत, भुपिन चन्द, ईश्वर थापा, सौजन्य सुब्बा, रुपा राना, निशा सुनार, श्याम नेपाली, पुरुषोत्तम न्यौपाने, नवीन खड्का, महेश बुढाथोकी, प्रमोद खरेल, आशिष अविरल, बीबी अनुरागी, इन्द्र जिसी, कृष्ण देवकोटा, मञ्जु पौडेल, विमलराज क्षेत्री, थानेश्वर गौतम, वसन्त थापा, श्याम सुन्दर, तिलक श्रेष्ठ, लिलु गुरुङ, विमल डाँगी, पवन ओली, कृष्ण कँडेल, अनिल पाण्डे, निता श्रेष्ठ, राज कपुरलगायत चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्