नेपाल इन्भेष्टमेन्ट बैंकले देवानगन्जमा शाखा खोल्यो



काठमाडौं, (नेस)
नेपाल इन्भेष्टमेन्ट बैंकले सुनसरीको देवानगन्ज गाउ“पालिकामा आफ्नो ८०औं शाखा विस्तार गरेको छ । देवानगन्ज गाउ“पालिका– २ स्थित देवानगन्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्नेछ । बैंक परिसरभित्रै केही समयमा नै एटीएम सेवा पनि सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।

शाखाको देवानगन्ज गाउ“पालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलगायतको सहभागिता रहेको थियो ।

बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामीण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो ।

हाल बैंकले काठमाडौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा सञ्चालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका ११२ वटा शाखा, एटीएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजस्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्