होमवर्क कस्तो ?



१५ दिनभित्रै काठमाडौं सुन्दर हुने रे । काठमाडौं, देशकै राजधानी बन्न लायक बन्ने रे । यस्तो खवर सुनेसी धरहरा राम्रैसँग झस्कियो, सपना हो कि, विपना ठहराउन गाह्रो भो । चुरो कुरो बुझ्न चौतर्फी दुरविन सोझ्याउँदा थाहा भो काठमाडौं महानगरपालिकाले यस्तो प्रतिवद्धता ग¥या रै’छ ।

‘अब तपाईहरुले नीति र योजना बनाउने होइन, कुनै अनुसन्धान गर्नु आवश्यक छैन, १५ दिनभित्र काठमाडौंलाई सुन्दर बनाउनुस्’–कामपाका प्रमुख प्रशासकीय प्रमुख न्यौपाने शुक्रवार डेढ दर्जन निकायका प्रमुखलाई उर्दी दिदै थिए । कुनै विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई थर्काएझै न्यौपानेले कडै स्वरमा दोहो¥याए–‘काम गर्न नसक्ने र अटेर गर्ने निकायमाथि छानविन हुन्छ ।’

हरियाली बढाउने, धुवाधुलो मुक्त गराउने, टेलिफोन, केवुल र बत्तिको अस्तव्यस्त तार अनि खानेपानी पाइप व्यवस्थापन, प्लास्टिक झोला नियन्त्रण, सडक र टोलवस्तीका वत्ति मर्मत सुधार, सुरक्षा व्यवस्था लगायतका विविध योजना १५ दिने होमवर्क प्याकेज रै’छ । तोकिएकै मितिमा होमवर्क बुझाउने पास हैन भने सिधासिधी फेल न्यौपानेको उर्दी त्यस्तै सुनियो ।

यस्ता योजना काठमाडौंका लागि कुनै नौलो हुँदै होइन । २÷४ मुलुकका भीभीआईपी आउँदा, अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन काठमाडौंमा हुने निधो हुँदा रातरात काठमाडौं सिंगारिन्छ भने अन्य समयमा किन सकिन्न ? निकाय प्रमुखहरुलाई दिइएको होमवर्क सुन्दर काठमाडौंको चित्र कोर्ने र पेन्टिङ बनाउने अनि तोकिएको मितिमा हेडसरलाई बुझाउने चाहिँँ पक्कै होइन कि ?

प्रतिक्रिया दिनुहोस्