करेन्ट लागेर एक महिलाको मृत्यु



सुभेन्द्र दास, लहना ।
सिरहाको लाहानमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। लहान नगरपालिका २० ९साविकको ब्राह्मण गोर्छारी ९ की ५६ वर्षीय सल्टी देवी महतोको करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै करेसाबारीमा मोटरले पानी तान्ने क्रममा विद्युतको मेन लाइन सर्ट हुँदा महतोलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय लहानको प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए।
महतोको शव आज शुक्रवार लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा पोस्टमार्टमको लागि राखेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्