२७ बर्षको कोमापछि चेतना आयो



लन्डन (एजेन्सी)
कहिले काहीँ हुने चमत्कारलाई लिएर जो कसैलाई विश्वा गर्न अत्यन्त कठिन हुने गर्छ । यसतै एक घटनामा २७ बर्ष कोमापछि एक महिला होसमा आएकी छिन् । मुनिरा ओमारले सचेत अवस्थामा अन्तिम पटक देखेको विश्वमा सोभियत संघ विघटनको संघारमा थियो र सिनियर जर्ज बुश अमेरिकाका राष्ट्रपति थिए , खाडी युद्ध करिब समाप्त भइसकेको थियो र यो सबै सन् १९९१ को परिदृष्य थिए ।

त्यतिबेला ३२ बर्षकी ओमार युएइको एक सहरमा दुर्घटनापछि कोमामा पुगेकी थिइन् । करिब २७ बर्ष सम्म कोमामै रहेर अन्तमा हालै मात्र उनलाई होस आएको छ ।

२७ बर्षसम्मको कोमापछि पनि म्युनिख नजिकको एक अस्पतालमा उनी होसमा आउन सफल भइन । अब्दुल्लाका छाोरा उमर वेबियर उक्त दुर्घटना हुँदा मात्र ४ बर्षका मात्र थिए र अहिले उनी ३२ बर्षका भइसके । उमरले भने– मैले कहिल्यै हार मानिन, किनभने जटिल रोगसँग लडिरहेको भएपनि मैले उनको स्वास्थ्य ठीक हुन्छ भन्ने संकेत पाइरहेको हुन्थेँ ।

ओमारको उपचार गरिरहेका फ्रिडम्यान मुलरले यस घटनालाई लिएर उपचारमा कुनै प्रकारको कमी नगरेको बताउँदै भने– ओमारको केस अलि फरक थियो, तर हामीले उनको उपचारमा आफनो तर्फबाट कुनै कसर बाँकी राखेनौं । ओमारको शरीरमा अत्यन्त सानो प्रतिक्रिया पनि महसुस गर्न सकिन्थ्यो र यसतो केसमा विरामी पुन चेतनामा आउने भनेको अत्यन्तै कम मात्र हुने घटना हो ।

अस्पतालमा २७ बर्षसम्म रहँदा ओमारलाई ट्युबको माध्यमबाट खाना र पानी दिने गरिन्थ्यो र फिजियोथेरापी पनि गराइरहेको थियो । उनको उपचार गरिरहेको टोलीले प्रत्येक परिस्थितिलाई ध्यानमा राख्दै उपचार गर्दैआइरहेको डाक्टहरुले बताए । यसमा उनको कमजोर बनिरहेका मांसपेसीको पनि ध्यान राखिएको थियो । उनलाई ह्विलचेयरमा फिजियोथेरापीका लागि लाने गरेको र यसमा उनले पन्छिहरु कराएको जस्ता प्राकृतिक कुराहरुको महसुस गर्न सक्छ भन्ने मनसाय राखिएका थियो ।

डाक्टरहरुले भनेका छन्– यो विरामीको केस अत्यन्त दुर्लभ नै हो तर यसलाई असम्भव भन्न सकिँदैन । ओमारको चेतना जसरी फर्केको छ त्यो धेरै विरामीका लागि आशाको किरण बनेको छ । यद्यपी यो भन्दा पहिला पनि यस प्रकारको घटना नभएको होइन । यसतै एक घटनामा २० बर्षपछि एक विरामीले पुन बोल्न शुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्