उत्तर कोरिया अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टी चाहन्छ: पुटिन



मस्को,(एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विहिवार आफ्नो आणविक कार्यक्रम समाप्त गर्ने हो भने उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनले अन्तर्राष्ट्रिय सुरक्षाको ग्यारेन्टि खोजेको जानकारी दिएका छन् । रसियाको सुदुर पुर्वी वन्दरगाह शहर भ्लादिभोस्तोक नजिक किमसंग भएके पहिलो ऐतिहासिक वार्तापछि पुटिनले बहु राष्ट्रिय ढाँचा भित्रै उनलाई सुरक्षाको ग्यारेन्टि दिइनुपर्ने बताएका छन् ।

किमले यस शिखरवार्ता निकै अर्थपूर्ण रहेको भन्दै प्रसंशा गरेका छन् ।
यसैगरी पुटिनले उत्तर कोरियाली नेता निकै खुल्ला रुपमा प्रस्तुत भएके तथा उनले एजेन्डाका सम्पूर्ण बुँदाहरुमा स्वतन्त्र ढंगले अभिव्यक्त गरेको पनि बताएका छन् । गत १४ फेब्रुअरीमा भियतनामका ेराजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबिच भएके वार्ता असफल भएके थियो ।
उत्तर कोरियाले आफु माथि लगाइँदै आएको केहि नाकावन्दि हटाउन गरेको प्रस्ताव अमेरिकाले अस्विकार गरेपछि सो महत्वुपूर्ण वार्ता तुहिन पुगेको थियो । त्यसैगरी किम र ट्रम्पबिच सन् २०१८ को १२ जुनमा सिंगापुमा भएको पहिलो ऐतिहासिक वार्ताको दौरान कोरियाली प्रायद्विपमा निशस्त्रीकरण गर्नेबारे सहमति भएको थियो ।

हनोइ वार्ता असफल हुनका पछाडि अमेरिकी विदेशमन्त्री माइक पोम्पियो लगायत थुप्रै वरिष्ठ अमेरिकी अधिकारीहरुको हात रहेको आरोप उत्तर कोरियाले लगाएको थियो । तर पनि उत्तर कोरियाको राष्ट्रपति ट्रम्प प्रतिको दृष्टिकोण भने सकारात्मक नै रहेको थियो ।

विहिवारको किमसंगको वार्तापछि पुटिनले पत्रकारहरुलाई बताएका छन् , ‘ म कोरियाली प्रायद्विपमा पूर्णत निशस्त्रीकरण भएको देख्न चाहन्छुँ । तर अन्तर्राष्ट्रिय कानुनको सम्मानबाट मात्र यो उपलब्धि हासिल गर्न सकिने बताएका छन् । हामीले अन्तर्राष्ट्रिय कानुनका खासै कुने महत्व नरहेको राष्ट्रमा सो कानुनको शक्ति पुनस्र्थापना गर्नु पर्दछ ।

बुधवार रसिया पुग्दा किमले रुसी अधिकारीहरुको न्यानो अभिवादन गरेका थिए । अंगरक्षकहरुबाट घेरिएर कारमा छिर्नु अघि किमको सम्मानमा भ्लादिभोस्तोकमा ब्रास ब्यान्डले संगीत प्रस्तुत गरेको थियो ।
रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले उत्तर कोरियाली आणविक समस्यालाई लिएर वार्तामा संलग्न छ वटा शक्ति राष्ट्रसंगको कोरियाली वार्ताले मात्र समस्या समाधान गर्न सक्ने क्रेमलिनले सोचेको जानकारी दिएका छन् ।

विगतमा पटक पटक यस समुहबाट भएको वार्ता असफल भइसकेको छ । सन् २००३ देखि शुरु भएको सो वार्तामा दुइवटा कोरिया , चीन , जापान , रसिया र अमेरिका संलग्न रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्