महाभूकम्पको चार वर्ष, पाल्पाका अधिकांश भूकम्प पीडितको घर निर्माण



पाल्पा ।
आजभन्दा ठ्याक्कै द्धार वर्ष अघि अर्थात २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाइ गएको महाविनाशकारी भूकम्पबाट प्रभाववित पाल्पाका अधिकांश घरहरु पुर्नर्निमाण भैसकेका छन । सो भुकम्वबाट पाल्पा जिल्लामा सबैभन्दा बढी प्रभावित भएको निस्दी गाउँपालिका वडा नंं २ सहलकोटका अधिकाशंको घर निर्माण भएको छ । महा भुकम्प बाट जिल्लामा सबैभन्दा बढी क्षती निस्दीको सहलकोट सुकेकोटमा भएको थियो । पिडितको घर निर्माणका लागि सरकारले ३ किस्तामा गरी तीन लाख रुपैयाँ उपलब्ध गराएको थियो । सरकारले उपलब्ध गराएको ३ लाख सहित अन्य रकम घरधनीले आफै थपेर पाल्पाका भुकम्प प्रभावितहरुले घर निर्माण गरेका हुन ।

गाउँपालिका वडा नंं २ को सुकेकोट, मसार, ढुस्यानडाँडा, अनन्दी भञ्याङ्ग भुकम्पबाट बढी प्रभावित क्षेत्र हो । निस्दी गाउँपालिका–२, सहलकोटमा १ सय ४६ घर लाभग्राहीको सूचिमा परेकोमा सुकेकोटमा मात्र ५८ घर पुर्ण क्षती भएको थियो । जसमध्ये १ सय ३८ ले पहिलो किस्ता, १ सय १ जनाले दोस्रो किस्ता र ६७ जनाले अन्तिम किस्ता भुक्तानी लिएको निस्दी गाउँपालिकाले जनाएको छ ।

राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका निस्दी गाउँपालिकाका इञ्जिनियर कुशल घिमिरेले गाउँपालिकामा ७ सय ३४ लाभग्राहीको सूचिमा समावेश भएकोमा पहिलो किस्ता पाउने ६ सय ३९ जना र दोस्रो किस्ता पाउनले ३ जना ४६ रहेको र १ सय ९३ जनाले अन्तिम किस्ता लिएको वताउनु भयो । राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निस्दी गाउँपालिकाका शाखाले जनाएको छ । भुकम्प प्रतिरोधी घर निर्माणको लागी ६० जना गाउँपालिकाले डकर्मी तालिम प्रदान गरेको थियो ।

भूकम्प पिडितको लागी जापानीज समाजसेवी काजुमासा काकीमि (ओके बाजे) ले एक लाख रुपैयाँ सहयोग गरेका थिए । नीजि आवास अनुदानका लागि पाल्पा जिल्लामा १० हजार ३ सय ९८ कुल सर्भे गरिएकोमा ४ हजार ६ सय ५२ लाभग्राही सुचीमा परेका थिए । ३ सय ८४ जना प्रबलीकरण सुचीमा परेकोमा ४ हजार १ सयसँग अनुदान सम्झौता सम्पन्न भएको छ । ३ हजार ९ सय ७४ ले पहिलो किस्ता १ हजार ४ सय ३८ ले दोस्रो किस्ता पाएका छन् भने तेस्रो किस्ता पाउनेको संख्या भने ९ सय १७ मात्र रहेको राष्ट्रिय पूनर्निर्माण प्राधिकरणको तथ्याङ्कमा छ ।

प्रतिक्रिया दिनुहोस्