स्कूल टेक्दाको खुसी



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

त्रिपुरा सुन्दरी गाउँपालिका, घोर्थलीकी ६ वर्षिया पुजा थामी । भौगोलिक बिकटता त छँदैछ, कमजोर पारीवारीक अवस्थामा हुर्कँदै गरेकी उनका लागि स्कुल जाने कुरा सपना नै थियो ।

बिद्यालय शिक्षाको सहज पहुँचबाट परै रहेकी उनी बुधबार सुनकोसी गाउँपालिकास्थित सेतिदेवी माध्यमिक विद्यालयमा भर्ना भएपछि खुसी देखिईन् । स्कूलमा भर्ना भएपछि उनको मुहार उज्यालियो । बिद्यालयका प्रअ बासु जिसीले खादा लगाएर स्वागत गरिरहँदा पुजा मुस्कुराईरहेकी थिईन् । ‘पढेर ठूलो मान्छे बन्छु’, सेतिदेवी माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएपछि ६ वर्षिया पुजाले तोतेबोलीमै यसरी खुसी पोखिन् ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै जिल्लाभर विद्यार्थी भर्नाको क्रम चलिरहँदा ३ नम्बर प्रदेश सभाका सांसद सरेश नेपालले अभिभावक बनेर पुजा थामीको विद्यालय शिक्षाको जिम्मा लिनुभएको हो । पुजाका लागि विद्यालय शिक्षामा आवस्यक खर्च, शैक्षिक सामाग्रीको व्यवस्था मात्र होईन, सांसद नेपालले सुनकोसी ७ स्थित आफ्नो घरैमा बसोबासको समेत व्यवस्था मिलाइदिनुभएको हो ।

विभिन्न कारण बालबालिकाहरु विद्यालयबाहिर रहिरहँदा विकट भुगोलकी एउटी बालिकाको अभिभावक बनेर बिद्यालयमा भर्ना गरिदिएको सांसद नेपालले बताउनुभयो । ‘एउटी बालिकालाई विद्यालय भर्ना गरिएको छ, यसले एउटा शन्देश दिनेछ र कोहीपनि बालबालिका बिद्यालय बाहिर रहनेछैनन् भन्ने अभिप्राय हो’।, सांसद नेपालले भन्नुभयो, ‘बिद्यालयबाहिर रहेका हरेक बालबालिकालाई अब बिद्यालयमा ल्याइनुपर्दछ ।’

सांसद आफैं अभिभावक बनेर विद्यार्थी भर्नाको सुरुवात भइरहँदा बिद्यालय उमेरका बालबालिकाहरुलाई बिद्यालय ल्याउन सहज हुने सुनकोसी ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले बताउनुभयो । ‘माननियले एउटी बालिकालाई बिद्यालयमा भर्ना गर्नुभयो, यसले अरु धेरै बालबालिकालाई बिद्यालयमा ल्याउन मद्धत गर्नेछ’, वडाध्यक्ष तमल्सिनाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्