प्रभु बैंकको अनलाइन खाता सेवा सञ्चालन



काठमाडौं, (नेस)
प्रभु बैंकले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको उपयोग गर्दै आप्mनो घर, कार्यालय तथा आफू रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाइन खाता खोल्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

बैंकले सञ्चालनमा ल्याएको अनलाइन खाता सम्बन्धी सेवाबाट प्रभु बैंकमा खाता खोल्न चाहने ग्राहकहरुले प्रभु बैंकको शाखा कार्यालयसम्म नपुगीकनै अनलाइन खाता खोल्ने आवेदन गर्न, अनलाइन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरण सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ । यो सम्पूर्ण प्रक्रियाको लागि बैंकको वेबसाइटमा रहेको अनलाइन ए÷सी ओपनिङ बटन क्लिक गर्नुपर्नेछ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको अनलाइन खाता सम्बन्धी सेवाबाट ग्राहकको समय बचत हुने तथा बिना झन्झट आप्mनो समय अनुकुल आफु रहेको स्थानबाट अनलाइन खाता खोली प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्