ई–सेवाको रिफर एन्ड अर्न अफर



काठमाडौं, (नेस)
ई–सेवाले रिफर एन्ड अर्न अफर ल्याएको छ । यो अफरअन्तर्गत ई–सेवा चलाउन सिकाएवापत प्रतिग्राहक ३० रुपिया“सम्म बोनस प्राप्त गर्न सकिन्छ । यसमा परिवारका सदस्य, साथीभाइ तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरलाई ई–सेवा चलाउन सिकाउन सकिनेछ ।

ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एन्ड अर्न अफर शुरु गरेको बताउनुभयो ।

ई–सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । मोबाइल एप्स्बाट मात्र ई–सेवामार्फत कारोबार गर्नेहरू १० लाखभन्दा बढी पुगेका छन् । यस्तै देशभर रहेका जोन, प्वान्इन्ट तथा मोबाइल बैंकिङमार्फत ७५ लाख बढीले ई–सेवाका सेवा लिइरहेको र देशभर करिब ५० हजार एजेन्ट रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्