ओपोको एफ ११ प्रोमा सार्वजनिक



काठमाडौं, (नेस)
स्मार्टफोन ब्रान्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियोअन्तर्गत नेपालमा नया“ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक बृहत् समारोहको आयोजना गर्दै आपो एफ ११ प्रो सार्वजनिक गरेको हो ।

कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्ने क्षमतालगायत अन्य नवप्रवर्तनात्मक प्रविधि फोनमा समाहित गरिएका छन् । एफ ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राइजिङ क्यामेरा, पानोरामिक स्क्रिन पनि उपलब्ध गरिएका छन् ।

एफ ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई चहकिला रङमा उपलब्ध गरिएको छ । उक्त फोन अप्रिल २९ तारिखदेखि सर्वत्र बजारमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्