नगरका हरेक गाउँ सडक सञ्जालले जोडिदै



किरन धामी,  दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाका सडक नपुगेका गाउँबस्तीहरु सडक सञ्जालले जोडिदै गईरहेका छन् । स्थानिय तहको चुनावी अभियानका बेला नगरका हरेक गाउँबस्तीमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको पहुँच पुर्याउने घोषणा गरेका नगर प्रमुख हंसराज भट्टले अहिले गाउँबस्तीहरु जोड्ने सडक सञ्जालको शिलान्यास तथा उद्घाटन गर्दै आउनु भएको छ ।

महाकाली नगरपालिकाका सडक नपुगेका वडा नम्बर १, २, ३, ५, ६, ८ र ९ का गाउँबस्तीहरु सडक सञ्जालले जोडिरहेका छन् । नगरपालिकाको वडा नम्बर १ छापरी, ब–बा, मलेरा गाउँलाई जोड्ने गरी विगत ३ वर्ष देखी सडक निर्माण भैइरहेको छ । यस्तै वडा नम्बर ३ को बाँज, जायझुल र डुङरी गाउँलाई जोड्ने कांटै बाँज सडक निर्माणाधिन अवस्थामा रहेको छ ।

वडा नम्बर २ को मौखोली, मुल्ला र घट्टेखोला गाउँलाई जोड्ने गरी मुल्ला घट्टेखोला सडक निर्माण भैइरहेको महाकाली नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले जानकारी दिनुभयो । यसैगरी वडा नम्बर ९ को थाप्ला गाउँलाई जोड्ने गरी दत्तु थाप्ला सडक निर्माण भैइरहेको छ । उक्त सडकको शनिबार नगर प्रमुख हंसराज भट्टले एक कार्यक्रमका विच रिवन काटेर सडक निर्माणको कार्यको उद्घाटन गर्नु भएको छ ।

वडा नम्बर ८ को धौकोट, डाडा, दोपखे गाउँलाई जोड्ने गरी धाप धौकोट सडक वडा नम्बर ५ को धौलीगाड गाउँलाई जोड्ने, र वडा नम्बर ६ का विभिन्न गाउँहरुलाई जोड्ने गरी सडक निर्माण भैइरहेको उहाले बताउनु भयो । नगरपालिकाका सबै गाउँबस्तीहरुलाई सडक सञ्जालले जोड्न अहिले निर्माणाधिन सडक खण्डहरुमा २ करोड ५० लाख रुपैया खर्च भैइरहेको उहाले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्