हिमपातमा विजुली निकाल्ने संयन्त्रको विकास



लसएन्जलस (एजेन्सी)
हिमपातको मौसममा प्राय धेरै समस्या झेल्नु पर्ने हुन्छ । यसमा सबैभन्दा ठुलो समस्याका रुपमा आउने भनेको पर्याप्त विजुलीको आपुर्ती पनि हो । तर लस एन्जलस स्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुले हिमपातका बेला विजुली उत्पादन गर्न सक्ने थ्रीडी यन्त्रको विकास गरेको दावी गरेका छन् ।

यो संयन्त्रले हिमपात भइरहेको बेला विजुली उत्पादन सम्भव हुने उनीहरुले बताएका छन् । यो संयन्त्र सिलिकनको सिटबाट बनाइएको छ । यसमा इलेक्ट्रेन आदान प्रदानको माध्यमबाट विजुली निकाल्ने प्रविधिको प्रयोग गरिएको छ ।

जाडो मौसममा पृथ्वीको करिब ३० प्रतिशत हिस्सा हिउँले ढाकेको हुन्छ । यसले दैनिक कामकाजमा कठिनाई हुने गर्छ । यसतोमा यो आविस्कार मानिसहरुका लागि एक बरदान सावित हुनेछ । भारी हिमपातमा विद्युत आपुर्ति अवरुद्ध हुनुले उत्पन्न हुने समस्याबाट पनि मुक्ती पाउन सकिनेछ ।

विश्वविद्यालयका अनुसन्धानकर्ता रिचर्ड कनेरले जर्नल नेनो एनर्जीमा प्रकाशित आफनो लेखमा यो डिभाइस दुर्गम इलाकामा काम गर्न पनि सक्षम हुने उल्लेख गरेका छन् । यसलाई चलाउन ब्याट्र्ीको आवश्यक हुने छैन । सिलिकनका कारण यसमा आफनै शक्ति हुनेछ । यो डिभाइस सानो र पातलो हुनेछ । यसको आकार प्लास्टिकको सिट जस्तै हुनेछ । यसलाई सजिलै आफुसँगै जहाँ पनि लग्न सक्ने सुविधा हुनेछ ।

कनेरले भनेका छन् , यो एक स्मार्ट डिभाइस हो । मौसमको जानकारी दिने केन्द्रले जस्तो यसले हिमपात कति मात्रामा भइरहेको छ र यसको दिशा के हो भन्ने यसले बताउन सक्छ । यो बाहेक यसले हावाको बेग मापन गर्न सक्षम हुनेछ । यसलाई ट्रइबोइलेक्ट्र्कि नेनोजेनेरेटरको नाम दिइएको छ ।
वैज्ञानिकहरुका अनुसार यसले इलेक्ट्रेनको आदान प्रदानबाट स्थिर विजुली निकाल्न सक्छ । स्थिर विद्युत त्यतिबेला बन्छ, जब दुई त्यसता बस्तु एक अर्काेसँग सम्पर्कमा आउँछ, जसमा एकमा इलेक्ट्रेन ग्रहण गर्ने र अर्कोमा दिने क्षमता निहित हुन्छ ।

हिउँमा पोजिटिव उर्जा हुन्छ । यसमा इलेक्ट्रेन दिने क्षमता हुन्छ । जबकी सिलिकनमा नेगेटिव उर्जा हुन्छ । जब आकासबाट झर्ने हिउँ सिलिकनको सतहसँग सम्पर्कमा आउँछ, तब इलेक्ट्रेनको आदान प्रदानबाट उर्जा उत्पन्न हुन्छ र डिभाइसले यो उर्जालाई विजुलीमा परिणत गर्छ ।

शुरुमा यो डिभाइस बनाउनमा एल्युमिनियम र टेफलानका सिटको प्रयोग गरिएको थियो तर यसको अपेक्षा सिलिकनमा उर्जा उत्पादनको क्षमता धेरै हुने वैज्ञानिकहरुले महसुस गरे ।

बैज्ञानिकहरुका अनुसार हिँउ जम्मा हुनुले सुर्यको प्रकास कम हुनेछ । यसतोमा सोलार प्यानल पनि काम गर्न अक्षम हुन जान्छ । थ्रीडी डिभाइसको प्रयोग सौर्य प्यानलमा पनि गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । यसको माध्यमबाट लगातार विजुली निकाल्न सकिनेछ ।

यो संयन्त्रबाट सितकालिन खेलमा पनि निगरानी गर्न सकिने र एथलेटिक्सको प्रदर्शनमा सुधार ल्याउन सक्ने छ । यसको माध्यमबाट सिग्नलहरु पठाउन सक्ने र यसबाट ब्यक्ति विशेष कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्