ब्याडमिन्टनमा एपिएफ च्याम्पियन



नरेन्द्र केसी, घोराही । आठौँ राष्ट्रिय खेलकुद अन्तरगत दाङको घोराहीमा भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा शसस्त्र प्रहरीको नेपाल एपिएफ क्लब ४ स्वर्ण र ३ रजत जित्दै च्याम्पियन बनेको छ ।

त्यसैगरी त्रिभुवन आर्मी क्लव ३ स्वर्ण ४ रजत र ६ कास्य सहित दोस्रो बन्दा तेस्रो बनेको प्रदेश १ ले ४ कास्य हासिल ग¥यो । , सुदुरपश्चिम प्रदेश ३ कास्य र नेपाल प्रहरी क्लब १ कांस्यसहित क्रमशः चौथो र पाँचौ स्थानमा रहे । प्रतियोगितामा पुरुष तर्फ आर्मी, एपीएफ तथा प्रहरी र सुदुरपश्चिम शीर्ष तीनमा रहेका थिए । महिला तर्फ एपीएफ, आर्मी तथा सुदुर पश्चिम र प्रदेश १ ले शीर्ष तीन स्थान हासिल गरेका थिए ।

यसैगरी पुरुष एकल तर्फ एपीएफका दिपेश धामीले आर्मीका रत्नजीत तामाङलाई हराएर स्वर्ण हात पारेका थिए । सुदुरपश्चिमका प्रिन्स दाहाल र प्रदेश १ का विकास श्रेष्ठले कांस्य प्राप्त गरे । महिला एकल तर्फ आर्मीका रसिला महर्जनले आर्मीकै नङसलदेवी तामाङलाई हराएर स्वर्ण जितिन् । योसँगै राष्ट्रिय खेलकुदमा तामाङ दिदी भाइको वर्चश्व पनि समाप्त भएको छ । कांस्य प्रदेश १ की सीता राई र आर्मीकी अनुमाया राई तेस्रो स्थानमा रहे ।

त्यसैगरी पुरुष डबलतर्फ आर्मीका रत्नजित र नविन श्रेष्ठ पहिलो हुँदा एपीएफका विजय थापामगर र दिपेश दोस्रो तथा आर्मीका सुरोज महर्जन र प्रफुल महर्जन, पविन लिनथेप र रुकेश महर्जन तेस्रो भए । यस्तै महिला डबल तर्फ एपीएफका पुजा श्रेष्ठ र जेशिका गुरुङले आर्मीका अनुमाया र नङसलको जोडीलाई हराएको थिए । प्रदेश १ का सीता र सीमा राजबंशी तथा आर्मीका अमिता गिरी र रसिला तेस्रो स्थानमा रहे ।

मिक्स डबल्समा एपीएफका पूजा र दिपेशले स्वर्ण, एपीएफकै जेशिका र गौतम कठायतले रजत तथा, आर्मीका अमिता र नविन श्रेष्ठ, अनुमाया र रत्नजितले कांस्य पदकमै चित्त बुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्