कमरेडको ट्वार ट्वार



कम्युनिष्टको सिद्धान्त भनेको देशभित्र समान व्यवस्था लागू गर्ने हो । कम्युनिष्टहरुले जनतालाई सपना देखाउदै आए । नभन्दै चुनावमा नेकपाले दुई तिहाई पनि पायो । जनताले आशा र अपेक्षा गरेका थिए– कम्युनिष्ट सरकारले दुई तिहाई ल्यायो अब जे जे भनेको त्यही त्यही गर्छ ।

जनता हेर्दै छन सरकार काम गर्दै छ । जति हातको डोरी बाटे पनि गाठो एउटै भनेझै कम्युनिष्ट सरकारले रातदिन गफको खेती गरेपनि जनताको जीवनशैलीमा परिवर्तन ल्याउन काममा भने माखो मार्न सकेन । अरु त अरु नेकपाकै महासचिव विष्णु पौडेलले सरकारी जग्गा नै किनेपछि मात्र अहिले जताततै चर्चा नै चर्चा छ ।

नेकपाका नेताहरु सुरु सुरुमा राजनीतिक जनताको लागि भन्ने गरेपनि अहिले भने आफू र आफ्नो परिवारको लागि मात्र सीमित भएको छ । सरकार जग्गा किनेको रहस्य बाहिर आएपछि सरकारका मन्त्री महासचिव ठगिनु भन्न समेत पछि परेका छैनन् भने महासचिव पौडेल विज्ञप्ती निकालेर हैरान भएका छन् । राजनीति गर्नतिर भन्दा पनि जग्गाको दलाली गर्नेबाट के देशमा साच्चिकै सोचको परिवर्तन होला र ? धरहरा तीन छक पर्छ ।

प्रतिक्रिया दिनुहोस्