आजदेखि नेपाल एग्रो लघुवित्तको आईपीओ



नेपाल समाचारपत्र, काठमाडौं
आजदेखि नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आईपीओ जारी गर्दैे छ । कम्पनीले १ लाख ५१ हजार २ सय कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीको कुल ४ करोड ९७ लाख ७७ हजार ८ सय जारी पु“जीको ३२ दशमलव ५० प्रशित अर्थात १ करोड ६१ लाख ७७ हजार ८ सय रुपिया“बराबरको १ लाख ६१ हजार ७७८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । जसमध्ये २ हजार ४८९ कित्ता शेयर कर्मचारी र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी १ लाख ५१ हजार २ सय कित्ता सर्वसाधारणमा बिक्री खुला गर्न लागेको हो ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम् ८ सय कित्तासम्म आवेदन गर्न सक्नेछन् । आईपीओ छिटोमा वैशाख ११ र ढिलोमा जेठ ६ गते निष्काशन बन्द हुनेछ । आईपीओपश्चात कम्पनीको पु“जी ४ करोड ९७ लाख ७७ हजार पुग्नेछ ।

उता, शुक्रबारदेखि जारी साञ्जेन र रसुवागढी जलविद्युत् कम्पनीको आईपीओमा क्रमशः २६ प्रतिशत र १९ प्रतिशत आवेदन परेको छ । साञ्जेनको २४ हजार आवेदकबाट १३ लाख कित्ता तथा रसुवागढीको २६ हजार ३३४ जना आवेदकबाट १७ लाख ३८ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको छ ।

त्यस्तै रसुवागढीको आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम् ५ हजार कित्तासम्म र साञ्जेनको न्यूनतम १० कित्तादेखि अधिकतम् २ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । दुवै कम्पनीको शेयर छिटोमा वैशाख १० र ढिलोमा जेठ ५ गतेसम्म बिक्री खुल्ला हुनेछ ।
यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको १ करोड ९८ लाख २४ हजार २० कित्ता शेयर सूचीकृत भएको छ ।

जसमध्ये सिनर्जी फाइनान्स अर्थात वेष्ट फाइनान्सको ३ लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर र नेपाल इन्भेष्टमेन्ट बैंक को १ करोड ९४ लाख ४३ हजार ८२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्