छिनभरको असिना पानीले करोडौको बालीनाली नष्ट, किसानलाई बज्रपात



रामचन्द्र वि.क, रामेछाप ।

रामेछापको उत्तरी गाउँपालिका उमाकुण्ड–६ गुप्तेश्वरमा शनिबार परेको असिना पानीले करोडौको बालीनाली नष्ट बनाएको छ । अपरान्न ४ बजेको समयमा करिब १५ मिनेट परेको असिना पानीले गुप्तेश्वरमा लगाइएको बालीनाली सबै नष्ट पारिदिए पछि किसानहरुलाई ठूलो बज्रपात परको छ ।
“वर्षभरीको परिवार पाल्ने खेती कमाइ सबै छिनभरकै असिना पानीले लगिदियो, दुखेसो पोख्दै उमाकुण्ड–६ गुप्तेश्वरका किवि किसान हिरालाल श्रेष्ठले भन्नुभयो ।” छिनभरको असिना पानीले गुप्तेश्वरको मुख्य बालीको रुपमा रहेको आलु, किवि, गहुँ, मकै, जौ, नास्पती, फलफूल लगायतका सबै बालीनाली नष्ट पारेको श्रेष्ठले बताउनुभयो ।

गुप्तेश्वरको विभिन्न ठाउँमा करिब एक हजार रोपनीमा लगाइएको किविमा लाग्दै गरेको फल र फुल्दै गरेको सबै फूल असिनाले झारिदिए पछि किवि किसानलाई यो वर्ष परिवार पाल्न समेत धाउ–धाउ हुने श्रेष्ठले दुखेसो गर्नुभयो । त्यस्तै अर्का किसान चन्द्र बहादुर सुनुवारले असिना पानीले सबै बालीनाली नष्ट गरिदिए पछि गुप्तेश्वरका किसान चिन्तित बन्नुको साथै करोडौको क्षेति पुगेको बताउनु भयो ।

यस अघि पनि विभिन्न समयमा यस्ता प्राकृतिक विपत्ती आएर धेरै बालीनाली नष्ट गर्दा समेत सम्बन्धित निकायले ध्यान नदिदा किसानहरुको कृषि पेशा प्रतिको आकर्षण घट्दै गएको किवि किसान हिरालाल श्रेष्ठले गुनासो गर्नुभयो ।

सरकारले किसानहरुले लगाएको बालीनालीको विमा गर्ने निति नल्याए सम्म किसानहरु ढुक्का भएर कृषि पेशामा नलाग्ने उहाँले दाबी गर्नुभयो । उहाँले आगमी दिनमा यस्तो विपत्ती आउँदा किसानलाई क्षेतिपूर्ती दिने व्यवस्था स्थानीय सरकारले ल्याउनु पर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्