परदेशी हुने रहर कसलाई हुन्छ र !



गायक तथा संगीतकार चन्द्रकान्त पौडेलले आफ्नो चौथो एल्बम परदेशी सार्वजनिक गरेका छन्।
रिपोटर्स क्लबमा पत्रकार ऋषि धमलाले उक्त एल्बम सार्वजनिक गरेका हुन्। ६ वर्षदेखि प्रवासमा रहेकी दिव्या राईले रचना गरेको गीतमा परदेशिएका नेपालीको पीडा र देशप्रतिको माया दर्शाइएको छ। संगीतकार तथा गायक पौडेलले नै यसमा संगीत भरेका छन्। ज्योतिष तथा नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोतासमेत रहेका पौडलले यसअघि प्रसिद्धि, नेपालको माया र मायाको गाउँ एल्बम बजारमा ल्याइसकेका छन्।

परदेशी हुने रहर कसलाई हुन्छ र, बाध्यताले पो देश छोड्ने हो बोलको गीतको म्युजिक भिडियो आफ्नै युट्ब च्यानल चन्द्रकान्त पौडेलबाट सार्वजनिक गरेका पौडेलले एल्बमको कमाइको ५० प्रतिशत रकम मृगौला रोगीलाई सहयोग गर्ने बताएका छन्।

प्रकाश धितालको नृत्य निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा छायांकन अजय रेग्मीको रहेको छ भने चन्द्रकान्त पौडेल, कल्याणी ठकुरी, शिल्पा विमली, वैष्णवी पौडेलले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्