इजरायली राजदूतद्वारा शोक व्यक्त



काठमाडौं, (नेस)
नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले कामना न्यूज पब्लिकेसन्स्का प्रबन्ध सम्पादकका पिता पुष्करलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।

राजदूतद्वारा प्रेषित शोक सन्देशमा पब्लिकेसन्स्का प्रधान सम्पादकसमेत रहनुभएका श्रेष्ठको आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। ‘शोकको यस घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस्।’ –शोक सन्देशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्